मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टर्कीको मुल्य पहिले भन्दा कम

टर्कीको मुल्य पहिले भन्दा कम


अमेरिका – अमेरिकामा विहिवार टर्की खाने र खुवाउने दिन । पार्टीको आयोजना गर्दै हुनुहुन्छ भने यस पटक टर्की सन् २०१० कै यता सवैभन्दा कममा बजारमा पाईएको छ ।
 
अमेरिकी फार्म ब्युरो फेडरेसनको सर्भे अनुसार औषतमा यस बर्ष टर्कीको मूल्य घटेर प्रति पाउण्डद १ डलर ३० सेन्टमा झरेको छ । अर्थात १६ पाउण्डको टर्की करिव २० डलर ८० सेन्टमा किन्न सकिन्छ । यो औषत मूल्य यो यस भन्दा सस्तो र कहीं यसभन्दा महंगो पनि पर्न सक्छ । तर, जे होस टर्की पहिले भन्दा सस्तोमा किन्न सकिन्छ ।
 
१० जनालाई वेलाएर टर्की लगायत, पम्पकिन पाई, सलाद, रोल्स, क्रयानवेरीज जुस, सखरखण्ड लगायत खुवाउन करिव ४८ डलर ९१ सेन्ट पर्ने सर्भेले जनाएको छ । यो गत बर्षको भन्दा १ सेन्ट मात्र महंगो हो ।
 
विहिवार अमेरिकामा मनाईने थ्यांक्सगिभिंग डे मा लाखौं टर्कीको मासु पकाउने र खुवाउने गरिन्छ । साथि भाई परिवार वसेर सगैं खाना खाने र छुट्टी मनाउने गरिन्छ । यो वेला अमेरिकामा सवैभन्दा वढी हिड्डुल गर्ने समय पनि हो । सडक र एयरपार्टहरुमा लाखौं यात्रुहरु आवात जावत गर्छन । यो छुट्टीको समय पनि हो । शुक्रवार किनमेलका लागि महासेल लाग्ने दिन हो ।
 
यो सस्तो हुनुमा राष्ट्रपति डोनाल्ड ट्रम्पको योगदान छ । उनको कार्यकालमा शुरु भएको अमेरिका चीन व्यापार युद्धले टर्की लगायत कृषिजन्य उत्पादनहरु सस्तो भएका छन् । चीनले अमेरिकी कृषि जन्य वस्तुमा पनि आयात शुल्क लगाएपछि अमेरिका भित्र यी वस्तुको आपूर्ति वढेको छ । जसले गर्दा मूल्य कम भएको हो । विशेष गरी भट्मास, कपास, बंगुरको मासु चीनसंगको व्यापार युद्धका कारण त्यहां विक्री प्रभावित भएको छ  । जसलाई बंगुरको मासुवाट वनेका  परिकार मन पर्छन उनीहरुका लागि पनि यो पहिले भन्दा सस्तो उपलव्ध छ । तर, दुध र सखरखण्डको मूल्य भने समान्य बृद्धि भएको छ ।
 
कम मूल्यमा कृषि जन्य बस्तु पाइनु उपभोक्ताका लागि खुशीको कुरा भयो । तर, खेती पाती गर्ने फार्महरु भने यसवाट प्रभावित भएका छन् । सन २०१८ मा झण्डै १३ हजार कृषि फार्म वन्द भएको अमेरिकी कृषि विभागले जनाएको छ ।