मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ । 
 
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा अहिले साँझ ७ बजे सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उनको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको उल्लेख छ । 
 
विज्ञप्तिमा भनिएको छ, ‘मङ्गलबार शल्यक्रियापश्चात् सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको र हाल सम्माननीयज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको व्यहोरा जानकारी गराइन्छ ।’
 
यसअघि सेन्टरले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओली राम्रोसँग कुराकानी गर्नसक्ने अवस्थामा भएको उल्लेख थियो ।  
 
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि मङ्गलबार बिहान सो सेन्टरमा गएको र एपेन्डिसाइटिस देखिएपछि विशेषज्ञ चिकित्सकद्वारा सफल शल्यक्रियापश्चात् सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा छन् । 
 
 

शेयर गर्नुहोस:

0
Shares