मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अर्घाखाँचीको सन्धिखर्कमा बस दुर्घटना : १८ जनाको मृत्यु, १३ जना घाइते (अपडेट)

अर्घाखाँचीको सन्धिखर्कमा बस दुर्घटना : १८ जनाको मृत्यु, १३ जना घाइते (अपडेट)


अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार साँझ भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा १० जना पुरुष र ८ जना महिला रहेको जनाइएको छ । सन्धिखर्कबाट बुटवलका लागि दिउँसो १ः३० बजे छुटेकोे लु२ख २१४८ नंको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा १७ जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको सहायक प्रजिअ विष्णुराज बेल्वासेले जानकारी दिए ।

मृत्यु हुनेमा ११ पुरुष र सात महिला रहेको सहायक प्रजिअ बेल्वासेले बताए । दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरेका थिए ।

दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ११ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल बुटबल र दुई जनालाई जिल्ला अस्पताल सन्धिखर्क पठाइएको सशस्त्र प्रहरी बल अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले बताए ।

बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ ।

 

शेयर गर्नुहोस:

0
Shares