मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पार्टीभित्र समस्या छैन निर्वाचनमा लाग्नुस् : उपसभापति निधि

पार्टीभित्र समस्या छैन निर्वाचनमा लाग्नुस् : उपसभापति निधि


चितवन । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्र कुनै समस्या नरहेको बताएका छन् ।
 
नेपाली काँग्रेस भरतपुर महानगरपालिका–१६ ले आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले उपनिर्वाचनसँगै पार्टीभित्रको आन्तरिक कलह अन्त्य भएकाले निर्वाचनमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गरे । 
 
उपसभापति निधिले हरेक निर्णयहरु सहमतिका साथ भएको बताउँदै यस एकताले निर्वाचनमा मात्रै नभएर समग्र पार्टीलाई नै बलियो बनाउने विश्वास व्यक्त गरे । 
 
नेपालमा भएको हरेक परिवर्तनको नेतृत्व काँग्रेसले गरेको उल्लेख गर्दै उहाँले परिवर्तन संस्थागत गर्नका लागि काँग्रेसकै नेतृत्व आवश्यक पर्ने बताए । 
 
उपसभापति निधिले गएको निर्वाचनमा काँग्रेसको हारका कारण खोज्नुभन्दा अहिले एक भएर लाग्नु आवश्यक रहेको बताउँदै अहिलेको सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाए । उनले अब जनताको पक्षमा काम गर्ने जिम्मेवारी काँग्रेसको रहेको बताए । 
 
नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, निवर्तमान सभापति टेकप्रसाद गुरुङ, काँग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार अमृतराज हमाल, स्थानीय कपिल आले, सुदन पौडेल लगायतले बोलेका थिए । 
 
नेपाली काँग्रेसका वडा सभापति रामबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा पार्टी परित्याग गरी विभिन्न व्यक्तिले पार्टी प्रवेश गरेका थिए ।

शेयर गर्नुहोस:

0
Shares