अमेरिका- अमेरिकाको गत आर्थिक बर्ष २०१८, २०१९ मा १३ हजार २ सय २९ जना नेपाली विद्यार्थी अमेरिकाका शैक्षिक संस्थामा भर्ना भएका छन् । काठमाडौ स्थित अमेरिकी राजदुत र्याण्डी बेरीले नेपालको जनसंख्या तुलनात्मक रुपमा सानो भएपनि अमेरिकी शैक्षिक संस्थामा नेपाली विद्यार्थीको भर्ना संख्या उच्च रहेको वताएका छन् ।
नेपाल अमेरिकामा विद्यार्थी पठाउने सुचीमा १२ औं स्थानमा परेको छ ।
उक्त बर्ष करिव १० लाख विद्यार्थीले अमेरिकाका शैक्षिक संस्थामा भर्ना भएका थिए । अमेरिकामा पढ्न भर्ना हुने विद्यार्थी संख्या पहिले भन्दा घटेकाले यसका शैक्षिक संस्था र अर्थतन्त्रले धक्का ब्यहार्नु परेको सीएनएनले जनाएको छ । सन् २०१६ यता अमेरिकामा पढ्न आउने विद्यार्थीको संख्या घटेको छ ।

गत आर्थिक बर्षमा पनि अमेरिका पढ्न आउने विद्यार्थीको संख्यामा शुन्य दशमलव ९ प्रतिशतले कम आएको सीएनएनले जनाएको छ । भिसा प्रकृयामा कडाई, ह्वाइट हाउसको अप्रवासी प्रति अनुदार नीतिलगायतका कारणले विद्यार्थीको संख्यामा कमी आएको वताईएको छ ।

सीएनएनका अनुसार विदेशी विद्यार्थीले अमेरिकी अर्थतन्त्रमा गत बर्ष ४१ अर्ब अमेरिकी डलर बरावरको योगदान गरेका छन् । यसवाट ४ लाख ५८ हजार २९० रोजगारीका अवसर सृजना भएको छ । अमेरिकामा स्थानिय विद्यार्थीका तुलनामा विदेशी विद्यार्थीले झण्डै दोब्बर शूल्क तिर्छन । अमेरिकाका कतिपय शैक्षिक संस्थामा विदेशी विद्यँर्थी आम्दानीको मुख्य स्रोतपनि हुन् ।
अमेरिका आउने विद्यार्थी मध्ये चीन, भारत लगायतका देश अग्रस्थानमा छन् । तस्बिर : सामाजिक संजाल






प्रतिक्रिया