मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

नेपाली भूभाग कुनै पनि हालतमा छोडिन्न : महामन्त्री कोइराला

नेपाली भूभाग कुनै पनि हालतमा छोडिन्न : महामन्त्री कोइराला


विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपाली भूभाग कालापानी र लिपुलेक हाम्रो भएकोले कुनै हालतमा छाड्न नसकिने बताएका छन् । 
 
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हामी आफ्नो भूभागको एक इन्च पनि नछाड्ने भनी प्रतिबद्धता जनाएकामा नेपाली कांग्रेसको पनि समर्थन रहेको स्पष्ट पारे । 
 
महामन्त्री कोइरालाले नेपाल विद्यार्थी संघमा अब हुने अधिवेशनपछि मात्र उमेरको हद लागू हुने विधानमा उल्लेख रहेको भन्दै नेपाली कांग्रेस पार्टी एक भएर अघि बढ्नुपर्ने समय आएको उल्लेख गरे । 
 
उनले मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) नेपाली कांगे्रसमा एकीकृत भएपछि फोरम लोकतान्त्रिकबाट केन्द्रीय सदस्यका लागि सिफारिस भएको ११ जनाको विषयमा पार्टीले अध्ययन गरिरहेको बताए । 
 
कांग्रेसको आउने महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने कुरामा आफूले अहिले नै निश्चय नगरेको बताउँदै महामन्त्री कोइरालाले रौतहटका नेपाली कांग्रेस नेता अफताव आलमको विषयमा मुद्दा न्यायालयमा गएकोले केही बोल्नु उपयुक्त नहुने धारणा राखे ।
 
उनले मुलुकको विभिन्न स्थानमा भइरहेको उपनिर्वाचनमा नेपाली कांग्रेसप्रति जनताको समर्थन बढिरहेको बताए । 
 

शेयर गर्नुहोस:

0
Shares