मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मतदातालाई कम्बल वितरण गरेको भन्दै कांग्रेसको आपत्ति

मतदातालाई कम्बल वितरण गरेको भन्दै कांग्रेसको आपत्ति


पोखरा । नेपाली कांग्रेस कास्कीले कास्की क्षेत्र नं २ अन्तर्गत पोखरा–१५, पट्नेरीका स्थानीयवासीलाई कम्बल वितरण गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । 
 
कांग्रेस कास्कीले आज विज्ञप्ति जारी गर्दै उक्त वडाका वडाध्यक्ष प्रकाश पौडेलले पट्नेरीका १२ जनालाई कम्बल वितरण गरेको भन्दै उक्त  कार्य निर्वाचन आचारसंहिता, २०७२ को दफा ३ को उपदफा १ (ख) विरुद्ध हुने बताए । 
 
“निर्वाचनको मुखमा मतदातालाई प्रभावित पार्ने मनसायले गरिएको यस प्रकारको कार्यको घोर निन्दा र भत्र्सना गर्दै यस्ता कार्य तत्काल बन्द गर्न सम्बन्धित निकायलाई सचेत गराउँछौँ,” विज्ञप्तिमा भनिएको छ । निर्वाचन कार्यालयले अनुगमन गरी आचारसंहिता विपरीत कार्य गर्नेमाथि कारबाही गर्न कांग्रेसले माग गरेको छ ।
 
यसैबीच, निर्वाचन आचारसंहिता विपरीत वडा कार्यालयले कम्बल वितरण गरेको भन्दै नेपाली कांग्रेस कास्कीले आज निर्वाचन आयोगमा उजुरी दिएको छ । 
 
निर्वाचन क्षेत्रभित्र मतदातालाई प्रलोभनमा पार्ने काम वडा कार्यालयबाटै भएको भन्दै वडाध्यक्षलगायत त्यस कार्यमा संलग्नलाई कारबाहीको मागसहित उजुरी दिइएको कांग्रेस कास्कीका सभापति कृष्ण केसीले जानकारी दिए ।
 

शेयर गर्नुहोस:

0
Shares