मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मरेको कुखुराको मासु खाँदा किशोरीको मृत्यु, नौ जना बिरामी

मरेको कुखुराको मासु खाँदा किशोरीको मृत्यु, नौ जना बिरामी


बैतडी । मरेको कुखुराको मासु खाँदा आज एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–२ जरसौँका १५ वर्षीया पुष्पा पार्की रहेकी छन् ।  मासु खाँदा एउटै परिवारका नौ जना बिरामी भएका छन् । 
 
शनिबार साँझ मरेको कुखुराको मासु घरपरिवारका सबै सदस्यले खाएको र आइतबारदेखि बिरामी परेका स्थानीयवासी केशव पन्तले जानकारी दिए । 
 
मासु खाएपछि बान्ता हुने, झाडापखाला लगायतका लक्षण देखिएको थियो । शनिबार रातिदेखि नै बिरामी परेकी पुष्पाको आज घरमै मृत्यु भएको हो । 
 
मासु खाएपछि ७० वर्षीया पार्वती पार्की, ३३ वर्षीया गङ्गा, आठ वर्षीय राकेश, ३५ वर्षीया जानकी, १२ वर्षीय मनोज, १० वर्षीय रमेश, ६ वर्षीय भुवन, ६ वर्षीय रुपेश र ४ वर्षीया सपना बिरामी भएका छन् । 
 
उनीहरुलाई स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले औषधि दिए पनि निको नभएपछि थप उपचारका लागि हाट स्वास्थ्यचौकी लगिएको महादेवस्थान स्वास्थ्यचौकीका अहेव राधिका कुँवरले जानकारी दिइन् । 
 

शेयर गर्नुहोस:

0
Shares