मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

‘डा रुइत नेत्र चिकित्सा क्षेत्रमा चम्किला नक्षत्र’ : राष्ट्रपति भण्डारी

‘डा रुइत नेत्र चिकित्सा क्षेत्रमा चम्किला नक्षत्र’ : राष्ट्रपति भण्डारी


काठमाडौँ । राष्ट्रपति भण्डारीले डा सन्दुक रुइत नेत्र चिकित्साका क्षेत्रमा चम्किला नक्षेत्र भएको बताएकी छन् ।
 
“नेपालको हिमाली जिल्ला ताप्लेजुङको दुर्गम क्षेत्रमा जन्मिएका डा इरुतले मानवकल्याणका क्षेत्रमा योगदान पु¥याउनुभएको छ”, राष्ट्रपति भण्डारीले भनिन्, “डा रुइत नेत्र चिकित्साको क्षेत्रमा चम्किला नक्षत्र नै हुनुहुन्छ, आगामी दिनमा उहाँले थप ख्याति प्राप्त गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।” 
 
उनले आगामी दिनमा थप अनुसन्धान र आविष्कारको काम होस् भन्ने कामनासमेत गरिन् । कृषि क्षेत्रमा अत्याधुनिक प्रविधिको तथा उपकरणको आविष्कार गर्ने मियाँ र ढुङ्गानालाई थप आविष्कारका लागि प्रोत्साहन मिल्ने विश्वास पनि व्यक्त गरिन् । 
 
राष्ट्रपति भण्डारीले नेपाल प्रतिभाको उर्वर भूमि भएको उल्लेख गर्दै यस धर्तीमा विश्व शान्तिका अग्रदूत गौतमबुद्ध, वेद र पुराणका रचनाकार व्यास, ऋषि याज्ञवल्क्यले जन्म लिएको र  ‘रामायण’का रचयिता वाल्मीकि आदिको पवित्र कर्मथलो भएको स्मरण गरिन् ।
 
उनले नेपाललाई विश्वमा चिनाउने प्रतिभाको ठूलै सङ्ख्या यहाँ रहेको उल्लेख गर्दै नेपाल सरकारले मुलुकको शान्ति, सुशासन, नवप्रवत्र्तन, वैज्ञानिक खोज, अनुसन्धान गर्ने तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभालाई सम्मान गर्ने र योगदानको कदर गर्ने नीति लिएको प्रति खुशी व्यक्त गरिन् । 
 
राष्ट्रपति भण्डारीले भनिन्, “सरकारले राष्ट्रिय प्रतिभालाई पुरस्कार प्रदान गर्ने परम्पराको थालनी गरेको छ, सरकारले हरेक वर्ष असाधारण प्रतिभा भएको व्यक्तिलाई सम्मान गर्दा प्रोत्साहन मिल्छ, यो कार्यका लागि सरकारलाई धन्यवाद दिन चाहन्छु ।”
 
सो अवसरमा  उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुरस्कार प्रदान गर्नुको मुख्य उद्देश्य मुलुकमा नवप्रवत्र्तन, वैज्ञानिक खोज तथा विकासमा लाग्न प्रेरित गर्नु र  बालबालिकालाई प्रोत्साहन दिएको स्पष्ट पार्दै यसबाट देशका युवापुस्ताको नवप्रविधिको आविष्कारमा आकर्षणमा वृद्धि हुनेछ भन्ने विश्वास व्यक्त गरे ।