बिश्व घटना

नेपालमा कर्मचारीको तलव बढ्यो, बृद्ध भत्तापनि वढ्यो

नेपालमा कर्मचारीको तलव बढ्यो, बृद्ध भत्तापनि वढ्यो


हिमालयखवर संवाददाता

अमेरिका- नेपालको संघिय सरकारले साउन १ देखि लागु हुने आउने आर्थिक बर्षका लागि १५ खर्ब ३२ अर्बको बार्षिक आय ब्यय विवरण वजेट सार्वजनिक गरेको छ । बुधवार अर्थमन्त्री द्धारा सार्वजनिक बजेटको मुख्य आधार भने विदेशमा काम गर्ने नेपालीले पठाउने रकम रेमिट्यान्सनै रहेको छ ।
 
बजेटमा बृद्ध भत्ता १ हजारले बृद्धि गरिएको छ । कर्मचारीको तलव पनि करिव २० प्रतिशतले वढाईएको छ । यसवाहेक कर्मचारीलाई २ हजार महंगी भत्ता दिने उल्लेख छ । सांसदलाई निर्वाचन क्ष्ँेत्रमा खर्च गर्न ६ करोड रुपैंया दिईएको छ ।
 
विकास निर्माणमा पुरानै योजनालाई निरन्तरता दिईएको छ ।
 
यो खर्चका लागि सरकारले ९ खर्ब ८१ अर्ब राजस्व उठाउने बजेटमा उल्लेख छ । रेमिट्यान्सले सरकारी राजस्व संकलन बृद्धि गराउन मद्दत गरिरहेको छ । यदी रेमिट्यान्स घट्यो भने राजस्व संकलन लक्ष्य नपुग्ने मात्र होइन देशको अर्थतन्त्र समेत चौपट हुने छ । तर, रेमिट्यान्सको विकल्प दिने गरि बजेट आएको छैन ।
 
यो राजस्व करिव करिव सवै कर्मचारीको तलव भत्ता, बृद्ध भत्तँ लगायतमै खर्च हुने छ । विकास निमार्णका लागि बजेट विदेशी सहयोग, आन्तरिक र विदेशी ऋण उठाएर खर्च गरिनेछ ।
 
अर्थमन्त्रीको बजेट भाषणको अन्तिममा देशको आर्थिक बृद्धिका लागि स्वदेशमा र विदेशमा रहने नेपालीलाई  सहयोग गर्न आग्रह गरेका छन् । तर, विदेशमा वस्ने करिव ४० लाख नेपालीका लागि भने बजेटले महत्वदिएको छैन ।
 
अर्थमन्त्री डा युवराज खतिवडाले उदार सोच राखेर बजेट ल्याएका छैनन् ।

Advertisement