मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

नेपालमा कर्मचारीको तलव बढ्यो, बृद्ध भत्तापनि वढ्यो

नेपालमा कर्मचारीको तलव बढ्यो, बृद्ध भत्तापनि वढ्यो


हिमालयखवर संवाददाता

अमेरिका- नेपालको संघिय सरकारले साउन १ देखि लागु हुने आउने आर्थिक बर्षका लागि १५ खर्ब ३२ अर्बको बार्षिक आय ब्यय विवरण वजेट सार्वजनिक गरेको छ । बुधवार अर्थमन्त्री द्धारा सार्वजनिक बजेटको मुख्य आधार भने विदेशमा काम गर्ने नेपालीले पठाउने रकम रेमिट्यान्सनै रहेको छ ।
 
बजेटमा बृद्ध भत्ता १ हजारले बृद्धि गरिएको छ । कर्मचारीको तलव पनि करिव २० प्रतिशतले वढाईएको छ । यसवाहेक कर्मचारीलाई २ हजार महंगी भत्ता दिने उल्लेख छ । सांसदलाई निर्वाचन क्ष्ँेत्रमा खर्च गर्न ६ करोड रुपैंया दिईएको छ ।
 
विकास निर्माणमा पुरानै योजनालाई निरन्तरता दिईएको छ ।
 
यो खर्चका लागि सरकारले ९ खर्ब ८१ अर्ब राजस्व उठाउने बजेटमा उल्लेख छ । रेमिट्यान्सले सरकारी राजस्व संकलन बृद्धि गराउन मद्दत गरिरहेको छ । यदी रेमिट्यान्स घट्यो भने राजस्व संकलन लक्ष्य नपुग्ने मात्र होइन देशको अर्थतन्त्र समेत चौपट हुने छ । तर, रेमिट्यान्सको विकल्प दिने गरि बजेट आएको छैन ।
 
यो राजस्व करिव करिव सवै कर्मचारीको तलव भत्ता, बृद्ध भत्तँ लगायतमै खर्च हुने छ । विकास निमार्णका लागि बजेट विदेशी सहयोग, आन्तरिक र विदेशी ऋण उठाएर खर्च गरिनेछ ।
 
अर्थमन्त्रीको बजेट भाषणको अन्तिममा देशको आर्थिक बृद्धिका लागि स्वदेशमा र विदेशमा रहने नेपालीलाई  सहयोग गर्न आग्रह गरेका छन् । तर, विदेशमा वस्ने करिव ४० लाख नेपालीका लागि भने बजेटले महत्वदिएको छैन ।
 
अर्थमन्त्री डा युवराज खतिवडाले उदार सोच राखेर बजेट ल्याएका छैनन् ।

शेयर गर्नुहोस:

0
Shares