काठमाडौँ – सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य निकै सस्तो हुँदा पनि सरकारले त्यसअनुरुप मूल्य समायोजन गरेको छैन ।
निगमका अधिकारीहरुलेसञ्चित घाटा पूर्ति भएपछि सीमित नाफा राखेर मूल्य एकैपटक घटाउने दावी गरेका छन
शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मटि्टतेलमा २/२ रुपैयाँ वृद्धि भएको छ । निगमले नाफा उच्च राखेर मूल्य बढाएपछि उपभोक्ता थप महंगीको मारमा पर्ने भएका छन् ।
अब पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ पुगेको छ भने डिजेल र मटि्टतेलमा ९७ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया