के देवी के देउता उही ढुङ्गा थापना त हो नि
के झुपडी के महल उही सपना त हो नि
हज्जार हज्जार भेटिन्छन् यहाँ
आखिर जुनी काट्ने एउटै त हो नि
दुःख सुख जे भए नि मरिलानु केनै छ र
हाँसौं नाचौं आउ साथी बाँचुन्जेल त हो नि ।
सागर सरी चोखो मायाँ तिमीलाई दिन्छु म
आकाश जस्तो मन मस्तिकमा सजाई राख्छु म
फुलै फुलको फुलवारी नी तिमीलाई नैं दिन्छु
जन्मजन्म सेवा गर्छु अटल पिया भई बस्छु म
आँखामा सजाउछु हृदयमा बसाउँछु
फुलको आसन धुपको बासन सजाइ राख्छु म ।
– फ्लुगरभिल, टेक्सस
प्रतिक्रिया