मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

वैदेशिक रोजगारीमा जाने युवालाई चुनौती

वैदेशिक रोजगारीमा जाने युवालाई चुनौती


रौतहट । कामको खोजीमा वैदेशिक रोजगारीमा जाने युवालाई खेतीबाटै लाखौँको आम्दानी गरेर एकजना किसानले चुनौती दिएका छन् । 
 
स्थानीय मौलापुर नगरपालिकाका एकजना किसानले व्यावसायिकरुपमा मेवा र कुरिलो खेती गरी मासिक लाखौँ रुपैयाँ कमाएर वैदेशिक रोजगारीमा जानेलाई चुनौती दिएका हुन् । 
 
मौलापुर नगरपालिका–८ सोनरनियाका किसान रामेश्वर पण्डितले ठूलो परिमाणमा मेवा र कुरिलो खेती गरी मनग्य आम्दानी गर्न शुरु गरेका छन् । मोबाइल युट्युबमार्फत सबै जानकारी लिएर थोरै जग्गामा शुरु गरेको कुरिलो खेतीबाट मनग्य आम्दानी देखेर उनले खेती विस्तार गरेका हुन् । 
 
पहिलो वर्ष आफ्नो पुस्तैनी १० कट्ठा जग्गामा कुरिलो खेती गरेर प्रतिकट्ठा ५० हजारको आम्दानी गरेपछि यस पटक चार बिघा जग्गामा खेती विस्तार गरेको किसान रामेश्वर पण्डितले बताए । प्रतिकट्ठा वार्षिक रु दुई हजार पाँच सयमा भाडामा लिएर यस पटक दुई बिघा उन्नत जातको मेवा र दुई बिघा कुरिलो खेती गरेको उनले जानकारी दिए । 
 
काठमाडौँबाट कुरिलो र भारतीय बजारबाट उन्नत मेवाको बीउ खरीद गरेर खेती शुरु गरेको किसान पण्डितले बताए । रोपेको सात महीनामा फलाएर प्रतिकिलो मेवा ११० सम्ममा करीब २५ क्विन्टल काठमाडौँमा बिक्री गरिसकेको उनले बताए । दुई बिघा मेवा र दुई बिघा कुरिलो खेती गर्न हालसम्म झण्डै रु १५ लाखको लगानी भइसकेको उनले जानकारी दिए । यहाँ उत्पादन हुने मेवा र कुरिलोको बजार राजधानी काठमाडौँ र पोखरा बजारमा ठूलो माग रहेको उल्लेख गर्दै उहाँले ढुवानी गर्न भाडा निकै महँगो भएको हुँदा आफैँले पिकअप भ्यान खरीद गर्ने योजनामा रहेको जानकारी दिए । 
 
जिल्लामै पहिलो पटक व्यावसायिकरुपमा मेवा र कुरिलो खेतीको शुरुआत गर्दा पनि सरकारीस्तरबाट कुनै सहयोग पाउन नसकेको गुनासो किसान पण्डितको छ । रासस