ड्यालस (टेक्सस) – नेपाली समाज टेक्ससले आज शनिबार अर्भिङमा तीजको अवसरमा विशेष कार्यक्रम राख्ने भएको छ ।
नेपाली समाजले साँझ ५ बजेदेखि अर्भिङस्थित 'ओ कनर' बैंकट हलमा तीजको कार्यक्रम गर्दैछ । कार्यक्रममा नेपाली मौलिक नाच, लोक दोहोरी, डिजे सहित डिनर कार्यक्रम राखिएको छ ।
८ वर्षसम्मका बालबालिकाहरुलाई निशुल्क प्रवेशको व्यबस्था गरिएको कार्यक्रममा प्रवेश शुल्क १५ डलर तोकिएको छ । ‘यो कार्यक्रममा सहभागी भएर नेपाली कला संस्कृतिको संरक्षणका साथै भरपुर मनोरञ्जन लिनका लागि सबैसँग मेरो हार्दिक अनुरोध छ,’ नेपाली समाजकी महिला संयोजक आइसा ओझाले भनिन् ।
यो कार्यक्रमबाट वचत भएको रकमबाट नेपाली समुदायका महिलाहरुलाई निशुल्क आइब्रो, थ्रेडिङ तालिम दिने सोचाई नेपाली समाजले बनाएको छ । ‘कार्यक्रम गरेर रकम वचत भएको अवस्थामा हामीले महिलाहरुलाई आत्मनिर्भर हुन सहयोग पुर्याउने अाइब्रो र थ्रेडिङ तालिम दिने योजना बनाएका हौँ,’ उनले भनिन् ।
कार्यक्रममा सहभागी हुँदा मनोरञ्जनका साथै नेपाली समाजले महिलाहरुका लागि गर्न लागेको तालिममा समेत सहयोग पुग्नेछ । तसर्थ ड्यालस, फोर्टवर्थ एरियाका नेपाली समुदाय सबैलाई सहभागिताको लागि नेपाली समाजले आग्रह गरेको छ ।







प्रतिक्रिया