मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कोलोराडोमा नेपाली युवालाई गोलि हान्ने प्रहरीलाई बिदामा पठाईयो

कोलोराडोमा नेपाली युवालाई गोलि हान्ने प्रहरीलाई बिदामा पठाईयो


हिमालयखवर संवाददाता-
डेनभर (कोलोराडो) । कोलोराडो ब्रुमफिल्ड स्थित सडकमा नेपाली युवा बीरेन्द्र ठकुरीलाई प्रहरीले किन गोली चलायो भन्नेमा नेपाली समुदायले थप जवाफ खोजिरहेको छ । कुनै हतियार नभएको अवस्थामा ज्यान जाने गरि गोली हानिएकोमा समुदायका सदस्यहरूले आपत्ति जनाइरहेका छन ।
 
शनिवार साँझ अन्दाजी पाैने ९ बजे ब्रुमफिल्ड स्थित फ्रेडलल बर्ड र स्टार्टफोर्ड लेक ड्राइभमा प्रहरीले गोली हान्दा नेपाली युवा ठकुरीको निधन भएको थियो । आइतवार नेपाली समुदायका धेरै व्यक्तिहरु पीडितको घरमा पुगेर सान्त्वना दिएका थिए । मृतक बीरेन्द्रको परिवार अहिले गहिरो शोकमा छ ।
 
स्थानीय मिडियामा आएको समाचार अनुसार सडकमा होहल्ला गरेका हुँदा प्रहरी पुगेको उल्लेख छ । प्रहरीको आदेश नमानेकाले गोली हानिएको पनि मिडियाले जनाएका छन् । मिडिया रिपोर्टका अनुसार गोली हान्ने प्रहरीलाई नियमानुसार बिदामा बस्न लगाईएको छ ।
 
अमेरिकामा प्रहरीको शरिरमा पनि क्यामरा राखिएको हुन्छ । यो घटनामा थप अनुसन्धान र कानुनी  उपचार खोज्ने बारेमा पनि समुदायले सल्लाह दिईरहेको छ । निहत्था माथि सडकमा गोली चलाउनु, प्रहरीले केही विवरण सार्वजनिक नगर्ने यो त हामीलाई वेवास्ता गरेजस्तो भयो, घटना यत्तिकै सामसुम गर्न खोजेजस्तो नियत देखिएको छ, परिवारलाई भेटेर आएका एक नेपाली समुदायमा एक सकृय सदस्यले भने । उनले विस्तृत विवरण आईनसकेकाले आफ्नो नाम भने उल्लेख गर्न मानेनन् ।
 
स्थानीय प्रहरी अधिकारीले आइतबार मृतककी आमासँग भेटेका थिए । त्यस अवसरमा घटनाको सामान्य विवरण दिएको वताईएको छ ।
 
स्थानीय मिडियाहरुले अहिलेसम्म मृतकको पहिचान खुलाएका छैनन् । प्रहरीको भनाईका आधारमा मात्र समाचार दिएका छन् ।
 

शेयर गर्नुहोस:

0
Shares