बिश्व घटना

प्रहरीको गोलीबाट कोलोराडोमा एक नेपाली युवाको मृत्यु

प्रहरीको गोलीबाट कोलोराडोमा एक नेपाली युवाको मृत्यु


डेनभर (कोलोराडो) – स्थानीय प्रहरीले गोली चलाउँदा कोलोराडो ब्रुमफिल्डमा शनिवार साँझ एक नेपाली युवाका मृत्यु भएको छ । 

स्थानीय मिडिया फक्सन्यूज अनुसार शनिवार सांझ ८ बजेर ४५ मिनेटमा एक जना प्रहरीको गोलीलागि एक युवाको मृत्यु भएको हो ।
 
प्रहरीको गोलीबाट अन्दाजी २५ बर्षका वेष्टमिनिष्टरमा स्थायी बसोवास गर्दै आएका बिरेन्द्र ठकुरीको निधन भएको छ । उनको शब अहिले स्थानिय अस्पतालमा राखिएको छ । समाचार अनुसार करिव ८ बजेर ४५ मिनेट जाँदा स्थानिय फ्रेडल बर्ड र स्टार्ट फोर्ड लेक ड्राइभमा केही व्यक्तिले सडकमा होहाल्ला गरेको प्रहरीले टेलिफोन मार्फत सुचना प्राप्त गरेको वेष्टमिनिष्टर प्रहरीले जनाएको छ   ।
 
किन प्रहरीले गोली चलायो कुनै कारण स्पष्ट गरिएको छैन । स्थानिय मिडियाले प्रहरीले गोली लागेका युवालाई अस्पताल लिएर गएको थियो । त्यहाँ उनलाई मृत घोषणा गर्यो भन्ने उल्लेख गरेको छ ।
 
काठमाडौका मृतक ठकुरीको परिवार वेष्टमिनिष्टरमा वस्दै आएका थिए । घटना स्थल कोलोराडोको मुख्य शहर डेनभर नजिकै पर्छ  । 
 
घरमा दाई र आमा छन् । यो समाचार आएपछि नेपाली समुदायका सदस्यहरु उनको घरमा पुगेका छन् । काठमाडौ घर भएका ठकुरी अमेरिकामा स्थायीरुपमा वसोबास गर्दै आएको वताईएको छ ।
 
घटना पछि उनको घरमा पुगेका छिमेकीले दुई जना दाजुभाई सांझ उक्त सडकमा पैदल हिडिरहेका थिए । 
 
त्यही वेला प्रहरीसँग साक्षात्कार भएका थिए । किन प्रहरीले गोलि चलायो थाहा हुन नसकेको उनले बताए । 
 
आमा बेहोस अवस्थामा रहेकी छन् । सँगै गएका दाईलाई पनि प्रहरीले हड्कडी लगाएर हिरासतमा लिएका थियो । 
 
तर उनलाई राती अबेर पुलिसले छाडिदिएको थियो । दाई अहिलेसम्म उठेका छैनन त्यसैले घटना किन कसरी भयो थाहा छैन  छिमेकीले भने । प्रहरीको गोली पेट तिर लागेको वताईएको छ  । 
 
यसको विस्तृत विवरण आउन बाँकी छ ।

Advertisement