मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकाका परिपक्क राजनेता जोन म्याकिन रहेनन

अमेरिकाका परिपक्क राजनेता जोन म्याकिन रहेनन


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिकी राजनीतिका चर्चित पूर्व राष्ट्रपति उम्मेदवार तथा सिनेटर जोन म्याकिनको शनिवार निधन भएको छ । ब्रेन क्यान्सर पीडित म्याकिन ८१ वर्षका थिए । सकृय क्यान्सरको नियन्त्रण नभएपछि उनको केही दिन यता औषधी उपचार गर्न बन्द गरिएको थियो । 
 
सत्तारुढ रिपब्लिकन पार्टीका सिनेटर म्याकिन राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिका विरोधमा थिए । दुई पटक राष्ट्रपति उम्मेदवार भए पनि उनी विश्वकै सर्वोच्च पदमा पुग्न भने सफल हुन सकेनन् । आठबर्ष अघि राष्ट्रपति बाराक ओबामासंग उनी पराजित भएका थिए । 
 
अमेरिकी हवाई सेनाका पूर्व पाइलट, भियतनाम युद्धवन्दी म्याकिन जहाज दुर्धटना हुदांपनि बाँचेका थिए । एरिजोनावाट सिनेटर भएका म्याकिन गत वर्षको अन्तिमसम्म राजनीतिमा सकृय थिए ।
 
रोगले च्याप्दै गएपछि उनले केही साता यताका दिनहरू भने एरिजोना स्थित आफ्नो निवासमा परिवार र निकट मित्रसँग बिताएका थिए । गत डिसेम्बर यता उनी वासिंटन जान कम गरेका थिए । 
 
उनको परिवारले केही महिना देखिनै उनको अन्तिम संस्कारको तयारी गरेको थियो । अन्तिम संस्कारमा राष्ट्रपति ट्रम्पलाई भने निमन्त्रणा नगरिने परिवारले पहिलेनै घोषणा गरिसकेको थियो । 
अनुदारवादी सोच भए पनि म्याकिन अमेरिकी राजनीतिका वरिष्ठ र परिपक्क राजनेता थिए । 
 
उनको ब्रेनमा क्यान्सर देखिएपछि सन् २०१७ जुलाईमा सर्जरी गरिएको थियो । तर, उनमा लागेको क्यान्सर सकृय देखिएकाले आधुनिक उपचारले पनि बचाउन सकेन । शनिवार उनले अन्तिम सास लिई अमेरिकी राजनीतिमा इतिहास बनाएर बिदा भए ।

शेयर गर्नुहोस:

0
Shares