मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

विदेशमा काम गर्ने नेपालीले पठाउने पैसामा नेपालको अर्थतन्त्र निर्भर

विदेशमा काम गर्ने नेपालीले पठाउने पैसामा नेपालको अर्थतन्त्र निर्भर


हिमालयखवर संवाददाता
काठमाडौँ – नेपालको केन्द्रीय बैंक राष्ट्र बैंकले आउने दिनमा नेपालको वित्तीय अवस्था विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा (रेमिट्यान्स) र विकास निमार्णमा सरकारी खर्च (पुँजीगत खर्च) ले निर्धारण गर्ने जनाएको छ । 
 
असार अन्तिममा सकिएको नेपालको गत आर्थिक वर्षको देशको अर्थतन्त्रको विवरण सार्वजनिक गर्दै राष्ट्रबैंकले उक्त निष्कर्ष दिएको हो । 
 
उक्त आर्थिक वर्षमा नेपालको समग्र अर्थतन्त्र ६ दशमलव ३ प्रतिशतले बढ्ने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । यो नेपालको २५ वर्ष यताको औषत वृद्धिदर भन्दा राम्रो हो । गत वर्ष अधिकांश समय नेपाली काँग्रेसको नेतृत्वको सरकार थियो । यो तथ्याङ्कले देशको अर्थतन्त्र वर्तमान सरकार आए लगत्तै जारी श्वेत पत्रमा भनिएजस्ता प्रतिकूल नभएको देखाउँछ ।
 
विदेशमा बस्ने नेपालीले गत एक बर्षमा ७ खर्ब ५५ अर्ब ६ करोड रुपैयाँ आफ्ना परिवारलाई नेपाल पठाएको छन् । औषतमा महिनाको ६२ अर्ब रुपैयाँ विदेशमा बस्ने नेपालीले कमाएर नेपाल पठाएका छन् । यसले नै नेपालको अर्थतन्त्रलाई थेगेको छ । यो अवस्था अहिले पनि उस्तै छ । नेपालको एक वर्षको समग्र उत्पादन कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा यसको योगदान २५ प्रतिशत रहेको छ । 
 
देशको अर्थतन्त्रको अहिलेको सबैभन्दा ठुलो समस्या विदेशी समान आयात बढ्नु हो । गत वर्ष नेपालले १२ खर्ब ४२ अर्ब ८३ करोड रुपैयाँ बराबरको समान विदेशबाट किन्यो । तर, विदेशमा जम्मा ८१ अर्ब १९ करोड रुपैंयाको मात्र समान गयो । यो तथ्याङ्कले नेपालको व्यापार घाटा डर लाग्दो गर्दै बढेको  देखाउँछ । विदेशबाट आउने समानमा विशेष गरी मोटर र यसका पार्ट पुर्जा, पेट्रोलियम पर्दाथ  लगायत छन् । 
 
विदेशबाट कमाएर नेपालीले पठाउने पैसा रेमिट्यान्सवाट यो व्यापार घाटा धानिएको छ । यदि रेमिट्यान्स घट्ने हो भने देशको अर्थतन्त्र टाट उल्टिने अवस्था छ ।
 
देशको समग्र अवस्था कस्तो छ, राष्ट्र बैंकको विज्ञप्ति ।