मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

विश्वकपमा शुक्रबार उरुग्वे विजयी, पोर्चुगल र स्पेन बराबरीमा

विश्वकपमा शुक्रबार उरुग्वे विजयी, पोर्चुगल र स्पेन बराबरीमा


मस्को ।  विश्वकप फुटवल प्रतियोगिता अन्तर्गत गएराती भएको दुई खेल मध्ये पहिलो खेलमा उरुग्वे विजयी भएको छ भने दोस्रो खेलमा पोर्चुगल र स्पेन बराबरीमा रोकिएका छन् । 
 
समूह बी अन्तर्गतको दोश्रो खेलमा स्पेन र पोर्चुगलबीचको भीडन्तमा पोर्चुगलका क्रिश्टियानो रोनाल्डोले ह्याट्रिक गरेका छन् । स्पेनका डिएगो कोष्टाले २ तथा नाचोले १ गोल गरेका छन् । 
 
खेलको ८८ औं मिनेटमा फ्रि किकमार्फत आकर्षक गोल गर्दै रोनाल्डोले यो विश्वकपमा पहिलो ह्याट्रिक गरेका हुन् । 
 
खेलको तेस्रो मिनेटमै रोनाल्डोको पेनाल्टीमार्फतको गोलबाट पोर्चुगलले अग्रता लिएको थियो । रोनाल्डोलाई स्पेनका न्याचोले डि एरियाभित्र गल्ती गरेपछि पेनाल्टी पाएका हुन् । दुवै रियल म्याड्रिडमा सँगै खेल्ने खेलाडी हुन् । 
 
त्यसैगरी पहिलो खेलमा समूह ‘ए’ को दोस्रो खेलमा उरुग्वेले इजिप्टलाई १ – ० गोल अन्तरले हराएको छ । दोस्रो हाफमा आक्रामक बनेको खेलमा ८९औँ मिनेटमा जस गिमिनेजले गोल गर्दै उरुग्वेलाई निराश हुनबाट जोगाए । 
 
सन् १९९० पछि पहिलोपटक विश्वकपमा छनोट भएको अफ्रिकन टोली इजिप्टले उरुग्वेसँग यस पटक निकै प्रतिस्पर्धात्मक खेल खेलेको छ । 
 
रुसमा भइरहेको विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भने चार वटा खेल हुने भएका छन् । 
 
नेपाली समयानुसार अपराह्न ३ः४५ बजे समूह सी को फ्रान्स र अष्ट्रेलिया भिड्ने छन् । फ्रान्स फिफा वरियतामा ७ औं स्थानमा रहेको छ भने अष्ट्रेलिया ४० औं स्थानमा रहेको छ । एएफपी / सिन्ह्वा

शेयर गर्नुहोस:

0
Shares