खेलकुद

विश्वकपका कारण रुसी महिलाले विदेशीका बच्चा जन्माउने चिन्ता

विश्वकपका कारण रुसी महिलाले विदेशीका बच्चा जन्माउने चिन्ता


एजेन्सी । विश्वकप फुटबलको आयोजक राष्ट्र रुसमा यतिबेला एकल आमाको संख्या बढ्ने चिन्ता बढेको छ । रुसका महिलाले विश्वकपको समयमा आएका विदेशी पुरुषसँग यौन सम्बन्ध राख्नाले  एकल आमाको संख्या बढ्न सक्ने चिन्ता बढेको हो ।
 
अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका खबरअनुसार रुसी सांसद तामरा प्लेतन्योभाले रेडियो गोभोरिक मोस्कोभालाई अन्तर्वार्ता दिनेक्रममा  विश्वकपपछि एकल आमाको सङ्ख्या बढ्ने चिन्ता व्यक्त गरेकी  छिन् । उनले  विदेशी पुरुष र रुसी महिलाबाट जन्मने बच्चाले पछि दुःख पाउन सक्नेसमेत बताइन् ।
 
उनले विश्वकपका समय आएका पुरुषसँग यौन सम्बन्ध नराख्न रुसी महिलालाई आग्रह गरेकी छन् । रुसी संसदमा परिवार, महिला तथा बालबालिका समितिकी प्रमुख रहेकी प्लेतन्योभाले विदेशी अश्वेत पुरुषसँग यौन सम्बन्ध राख्दा मिश्रित सन्तान जन्मन सक्नेप्रति समेत सचेत गराएकी थिइन् । 
 
उनले सन् १९८० को मस्को ओलम्पिकपछि विदेशी पिताबाट जन्मिने बच्चाको सङ्ख्या एक्कासि वृद्धि भएको स्मरण गर्दै विदेशीसँग यौन सम्बन्ध रुसीका लागि खतरनाक हुने धारणा व्यक्त गरिन् । 
 
उनले रुसी महिलाले रुसी पुरुषसँगै विवाह गर्नुपर्नेमा जोड दिएकी छन् । ‘विदेशीसँग सम्बन्ध राख्दा बच्चा र आमा दुवैको विजोग हुन्छ, मिश्रित सन्तान जन्मन्छन्, त्यसकारण सुखी परिवारका लागि रुसी नागरिकले एकअर्कासँगै विवाह गर्नुपर्छ ।’ उनले भनिन् । 
 
विश्वकममा १४ खर्ब रुपैयाँ खर्चिएको रुसमा पर्यटकको संख्या अस्वभाविक रुपमा वृद्धि भएसँगै एकल महिलाको समस्याप्रति चिन्तित भएको हो ।