ठाउँ–ड्यालस शहरको मध्यभाग
हलको नाम– दि बम फ्याक्ट्री, जससँग जोडिएको छ, हातहतीयारको निर्माणदेखि अमेरिकाकै चर्चित व्याण्डहरुको प्रस्तुतीसम्मको इतिहास ।
र, त्यही ठाउँमा नेपथ्यका अमृत गुरुङ्गले आफुलाइ जोडे शनीवार साँझ । जोडे मात्र होइन, इतीहास नै बनाए । दि बम फ्याक्टी, अमृतका शान्तीकामी र मन छुने गितले शनीवार अबेर रातीसम्म गुन्जीरहयो ।
यसैपनि नेपथ्य, र अझ खासगरी अमृत गुरुङ्ग, नेपाल र नेपालीको भावनालाइ जोडन र संवेदनशीलतालाइ पकडन खप्पीस छन ।
आजदेखि हो र ?
“जोमसोमै बजारमा बाह्र बजे हावा सरर…” गाउँदा देखि नै नेपाल र नेपालीको भावना र मनलाइ ‘होल्ड’ गर्न पल्केका यी गायकले ड्यालसका नेपालीलाइ ‘होल्ड’ नगर्ने कुरै भएन । मज्जाले ‘होल्ड’ गरे । ‘होल्ड’ मात्र होइन, जुरुक्कै उठाए पो त ।
सन्देशले भरिएर पनि मान्छे उचाल्ने गित गाउन त, अमृतसँग कसैले सिकोस ।
जानेका पनि कती ।
“जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना” रे ।
यस्ता भावका गित त, कती कती ।
अमृत लोक पाराका फ्युजन गित मात्र गाउँदैनन, बिच बिचमा बोल्ने उनको शैली पनि ‘फ्युजन’ पाराकै हुन्छ । गाउँतीरको कटुवाल पारामा ‘फ्युजन’ ।
बिच बिचमा उनी भनीरहन्छन–“ल है नेपाल घुम्न जाउँ है, ल है नेपालतीरका गाउँमा कोही बाल बालीका पढन पाएको छैन भने पढाउँ ह इइइइ ।”
प्रस्तुतीका क्रममा उनले आफना गायन जिवनका चर्चित गितहरुसँगै अरुका “गाउँ गाउँबाट, वस्ती वस्तीबाट उठ” जस्ता गितहरु पनि गाए । र, ड्यालसका नेपालीलाइ एकै छिनमा “नोष्टाल्जीक” बनाए ।
अमृत स्टेजमा भैइन्जेल, ड्यालसको मध्यशहरको पुरानो सडकतीर छौं भन्ने भानै हुन पाएन । ड्यालसका बिचमा नेपाली होइन, नेपालीका बिचमा ड्यालस भएको भान गरायो नेपथ्यले ।
धन्य छन आयोजकहरु मम इन्टरटेनमेन्ट, वाइज इन्टरटेनमेन्ट, निरज पन्त, डीटी इन्टरटेनमेन्ट र एभरेष्ट रेष्टुरा, जसले ड्यालसका नेपालीलाइ नेपथ्यसँग ड्यालसको मध्यभागमा जुरुक्क बनाए ।
आयोजकहरु यसपटक विगतमा भन्दा दंग देखिन्थ्ये । दंग नदेखिऊन पनि किन ? आयोजक मध्येका एक निरज पन्तका अनुसार, कार्यक्रममा २५ सय भन्दा बढीको सहभागीता थियो ।
प्रतिक्रिया