टेक्सस

ड्यालसमा ‘हिमालय डायलग’ आयोजना हुँदै

ड्यालसमा ‘हिमालय डायलग’ आयोजना हुँदै


शेयर गर्नुहोस:

405
Shares

  • change font
  • change font

ड्यालस( टेक्सस)- टेक्ससवाट प्रकाशित हुँदै आएको हिमालय खवरले विभिन्न विषय वस्तु तथा समसायिमक विषयहरुमा विज्ञ तथा अनुभवीहरुबाट वहश र मन्थन गर्नको लागि ‘हिमालय डायलग’ प्रारम्भ गर्न लागेको छ ।

यसै सिलसिलामा हिमालयखबरको आयोजना तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ड्यालस च्याप्टरको संयोजनमा ‘हिमालयखबर संवाद, कविता र किताबका कुरा’ विशेष साहित्यिक तथा बौद्धिक कार्यक्रम आयोजना हुने भएको छ ।

Advertisement

आगामी शनिबार अर्थात मे ३० तारिखको दिनलाई तय गरिएको उक्त कार्यक्रम साँझ ४ बजे भेटघाट रेस्टुरेन्ट इर्विंगमा (1800 Valley View Ln #104, Irving, TX 75061) सुरु हुने हिमालय खवरका प्रवन्ध सम्पादक तथा कार्यक्रमका संयोजक विकासराज न्यौपानेले जानकारी दिनुभयो I

कार्यक्रममा टेलिभिजन प्रस्तोता , पत्रकार तथा कवि नारायण श्रेष्ठद्वारा एकल कविता वाचन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै ‘अमेरिकामा नेपाल–मन्थन’ विषयमा कान्तिपुर दैनिकका पूर्व प्रधान सम्पादक तथा लेखक सुधीर शर्मा र अनलाईन खवरका प्रधान सम्पादक बसन्त बस्नेतसंग विशेष संवाद हुने कार्यक्रम रहेको छ ।

यसैगरी ‘केही टाढाका कुरा, केही नजिकका कुरा’ विषयमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विपुल पोखरेल र हिमालयखबरका प्रधान सम्पादक विजय घिमिरेबीच विचार आदानप्रदान हुनेछ भने ‘किताबका कुरा’ अन्तर्गतको शेसनमा अज्ञात पुस्तकका लेखक केशवराज ज्ञवालीको विचार सुन्न सकिनेछ ।

कार्यक्रमको सहजीकरण वरिष्ठ पत्रकार तथा लेखक सञ्जय घिमिरेले गर्नेछन् । आयोजकका अनुसार कार्यक्रममा नेपाली भाषा, साहित्य, पत्रकारिता तथा समसामयिक विषयका साथै नेपाली सामुदायिकका सवालहरु माथि पनि खुला संवाद हुनेछI

ड्यालस, टेक्सस क्षेत्रमा रहेका नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई साहित्यिक तथा वैचारिक अन्तरक्रियालाई सफल बनाउन आयोजकले हार्दिक निमन्त्रणा गरेको छ ।