मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

माडिमा बजार अनुगमन टोली

माडिमा बजार अनुगमन टोली


संयुत्त अनुगमन टोलीले माडिमा बजार अनुगमन गरेको छ । जिल्ला प्रशासन, पशु सेवा कार्यालय पंक्षि विकास कार्यालय उपभोत्ता र पत्रकारको संयुक्त टोलीले माडी पुगी माडीको किराना पसल मासु पसल तथा भेटनरी पसलको अनुगमन गरेको हो ।
 
जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख पशु चिकित्सक डा डिल्लि राम सेडाईको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका बजार अनुगमन अधिकृत ओम नारायण शर्मा सहित माडि पुगेको अनुगमन टोलीले माडिका १ दर्जन बढी पसलहरुको अनुगमन गरेको थियो । अनुगमनका क्रममा माडीमा सञ्चालनमा रहेका सबै जसो मासु पसल तथा भेटनरी पसलहरु पूर्ण रूपमा पक्रिया पुरा गरी सञ्चालनमा रहेको पाइएको र मासु पसलहरुले पनि हाइृजेनिक व्यवस्थापन गरेको  गरेको भेटिएको जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक डा विकास श्रेष्ठले बताउनु भयो । 
 
भरतपुरका मासु पसलहरु भन्दा माडि क्षेत्रका पसलहरु बढी व्यवस्थित र कानुनी प्रक्रिया पूर्ण रूपमा पालन गरी सञ्चालनमा आएको भेटिएको  जिल्ला प्रशासन कार्यालय चितवनका बजार अनुगमन अधिकृत ओम नारायण शर्माले बताउनु भयो । केही किराना पसलमा म्याद नागेको थोरै मात्रामा पेय पदार्थ भेटिएको भउपनि अन्य कुनै खालका समस्या नदेखिएको उहाँको भनाइृ छ । माडिका सुन पसल देखी सानो सानो किराना पसल सम्म दर्ता गरेर सञ्चालनमा रहेको पाइएको र सरसफाइृ देखी अन्य सबै कुराहरूमा उनीहरू सचेत देखिएको उहा बताउनु हुन्छ ।
 
माडिका किसानहरूको जीवन स्थर उकासनका लागी कार्यालयले मासु पसल सञ्चालनका लागी किसानलाई अनुदान दिएको र उनीहरूले सञ्चालन गरेको व्यवसाय को निरिक्षणका साथै त्यहाँ सञ्चालनमा आएका भेटनरी पसलहरुको अवस्था र अनुहरुले बिक्री गर्ने औषधी र दर्ता प्रक्रियाका बारेमा निरिक्षणका लागी कायालयले अनुगमन गरेको कार्यालय प्रमुख सेडाईले बताउनु भयो । कार्यालयले जिल्लाका सबै क्षेत्रहरूमा अनुगमनका काम लाई अगाडि बढाएको उहा बताउनु हुन्छ ।
 
टोलीमा राष्टीय  पंक्षी रोग अन्भेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक डा दयाराम चापागाई,उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष विष्णु भुषाल लगायतको सहभागिता रहेको थियो । 
 
यसैबिच जिल्ला पशुसेवा कार्यालय पटिहानी पसुसेवा केन्द्र र ब्रमपुरी डेरीको आयोजनामा ब्रमपुरीमा १ दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।कार्यालयको नियमित कार्यक्रम अन्त्रगत किसानहरूको पशुहरुको उपचार गरिएको जिल्ला पशुसेवा कार्यालय चितवनले जनाएको छ ।
 
शिविरमा १०० किसानको ३०० पशुको उपचार गरिएको पशुसेवा कार्यालय चितवनका पशु चिकित्सक अर्जुन प्रसाद थपलियाले बताउनु भयो ।शिविरमा गाई भैसि बाख्रा बङ्गुर पाडा  लगायतको परीक्षण गरिएको बताइएको छ । शिविरमा पशुको थुनेलो, बाझोपन,उल्टिने समस्या,सुनिएको अप्रेसन,जुकाको परीक्षण लगायत गोबर र पिसाव जाच गरी औषधी प्रदान गरिएको थपलियाले बताउनु भयो ।
 
शिविरमा ल्याईएका पशुहरु मध्य अधिकाम्सलाई नाम्ले जुका र बाझोपनको समस्या देखिएको उहा बताउनु हुन्छ । शिविरमा पटिहानी पसुसेवा केन्द्रका प्रमुख कृष्ण प्रसाद रिणी  लगायत अन्य ५ प्राविधिकले पशुको उपचार गरेको उहा बताउनु हुन्छ । शिविरबाट किसानहरूले निःशुल्क उपचार पाउने हुँदा कार्यालयले बेला बेलामा गाउमै पुगी निःशुल्क शिविर गर्ने गरेको जिल्ला पशुसेवा कार्यालय चितवनका  प्रमुख डा डिल्लि राम सेडाईले बताउनु भयो