एनआरएन गैरनाफामूलक, गैर राजनैतिक, गैर सरकारी संध हो। यसको मूल उद्देश्य नै विश्वभर छरिएर रहेका नेपालीहरूलाई एकजुट गर्दै नेपालको कला संस्कृति, पर्यटनको विकासमा टेवा पुरयउदै नेपालको विकास र प्रबर्ध्दनमा सहयोग पुरयाउनु हो । संस्थाको सुरुआतताका यसका अगुवाले बिशुध्द सामाजिक संस्थाको परिकल्पना गरेक थिए । तर आफ्नो छोटो इतिहासको गरेटो कोर्ने क्रममा सुरुआत कै दिनहरूमा सीमित समूहको घेरा भित्र रहन गई नेपालका मालिकबाट निर्देशित हुन पुग्यो । सायद यसैले होला, करिब चारलाख नेपाली भएको अमेरिकामा १४ हजारको हाराहारीमा यो संस्थासंगको आवध्दता छ । किन र कहाँ हामी चुक्यौ हामी सबैलाई थाहा नै छ ।
बुझाइमा एनआरएन: नेपालमा रहदा सबैले प्रवासीलाई चिन्ने नाता भनेको एनआरएन हो । यस संस्थाले केही गरोस वा नगरोस एउटा पहिचान दिन सफल भएहो । यही पहिचानको परीणामस्वरुप नै कैयौ उग्र-राष्ट्रवादीको विरोधका बाबजुत पनि नेपालको हालको संम्विधान मै आफ्नो पहिचान स्थापित गर्न सक्यौ चुने कुरा पक्कै होइन । यसका साथै नेपालको दैवी-विपत्तिमा सक्दो सहयोग गरी आफ्नो उपस्थिति गराउनु सक्नु यसको अर्को देन हो ।
एनआरएनले चाहेको भए र संस्था दरो बनाएको भए अझै धेरै गर्न सक्थ्यो । यो अल्झियो । गरेन भन्ने पनि छन्। केहीले यस संस्थाले स्थापनाकाल देखि नै बाटो बिराउदै हिडेको आरोप लगाउन्छन । जसमा आफ्नो परीलक्ष्य अनुसार नेपालको विकास र प्रवासी नेपालीको हितमा ठोस योगदान दिने गरी आफ्नै स्थायी कोष स्थापना गर्न नसक्नु र नेपली बिच एकता स्थापित गर्न नसक्नु यसको चुनौतीको रूपमा हेर्ने गर्छन् । यसका अलाव संस्थाले प्रवासीको लागी सहायताकोष स्थापित गर्न नस्क्नु, हरामबिराम हुँदा गो-फण्डको भर पर्नु, नेपालमा संयुक्त लगानीका साझा परियोजना सञ्चालन गर्न नसक्नु, नेपाली हस्तकला र अन्य सामानको अमेरिकी बजारमा प्रबर्धन गर्न नसक्नु, संगठनलाई समयानुकुल ढाल्ने भन्दा पनि नेपाली पाराको राजनीतिमा मुछिनु, करिब चारलाखको हाराहारीमा रहेका नेपाली मध्ये सत्र हजारको सदस्यताको दरखास्तमा पनि कसले जित्ने र हार्ने नाउँमा अनेक तिगडम गर्नु, नेपाली समाजको विकास र एकतामा ठोस योगदान दिन नसक्नु जस्ता आरोपबाट संस्थामा हालसम्म कर्यरत पदाधिकारी र हामी जस्ता साधारण सदस्य पनि दोषका भगेदार छौ ।
यसै गरी यहाँ अर्को समूह जो आफूलाई अमेरिकन विधान भनेर चिनारी दिन चाहन्छन तर यो संस्थाको सदस्यतालिन र संस्थामा रहेर सहयोग गर्न चाहदैनन । यिनीहरूको नत सहयोग नै छ नत विरोध नै । अर्को जमात सधैँ पद ताकी रहन्छ । पाएमा ठीक्क नपाए बाहिरी बजारमा संस्थालाई गाली गर्दै ठिक्क छन् । बिचार हरेकमा हुन्छ । कुनै पनि सत्यता, यथार्थता, वास्तविकता हेर्ने दृष्टिकोणको उपज मात्र हो । कुनै समयमा सुनेको कथा जस्तै लाग्ने “काली लैल” त्यो सुन्दर मजनुको नजरमा विश्व शुन्दरी थिइन । यो एक किसिमको अन्तरमनको सौन्दर्यताको कथा हो । यस्तै हरेकले हेर्ने सत्यता र वास्तविकताको रंग पनि उनकै निजी धरातल सँग सम्बन्धित छ । एन.आर.एन. अमेरिकालाई हेर्ने बुझ्ने र व्याख्या गर्ने हरेको बुझाई फरक हुँदा अचम्मित हुनु पर्दैन । नेतृत्वले यस्ता बिचार समेटेर नै संस्थाको संस्थागत विकास गर्न सके संस्था मजबुत हुन्छ । काम गर्दा गाली र ताली दुवै हुन्छन् ।
एनआरएनसंगका आशाहरु: एक पटकको नेपाली सधैको नेपाली भन्ने हाम्रो आदर्श हो। कुनै पनि आदर्शको परिपालानामा हरेकले कर्तव्य ठानी परीपालना गर्नु पर्दछ । आज नेपालमा रहेकहरुले प्रवासीलाई हेर्ने दृष्टिकोण ज्यादै नकरात्मक बन्दै गएकोछ । आमुक राजनैतिक दल र केही राष्ट्रवादीहरुले प्रवासीहरुलाई तल्लो स्तरबाट व्यवहार गर्ने गर्न खोजेकाछन जसले प्रवासीलाई नारायणीमा बगाउने सम्मका नारा दिई लोकप्रिय बने । एक जना उच्चतहको नेपालका कर्मचारी मित्र भनेको सम्झजन्छु – खै के दियो नेपालीमूलका अमेरिकनले नेपाललाई? अमेरिकन भन्दा बरु खाडीले नेपाललाई रेमिट्यान्स दिएको छ । यस्ता त सोच छन् देशको नीति बनाउने सँग भने हाम्रो त्यो “एक पटकको नेपाली सधैको लागी” भन्ने आत्मियताको आदर्शलाई यिनले कसरी बुझ्ने ? । यो मरेतुल्य छ । यसैका धेरै कारण हुन सक्छन् । नेपालले आशा गरेका क्षेत्रमा हाम्रो सहयोग हुन नसक्नु र खुद्राकाम गरी संस्था चिनाउनु र ब्यक्तीवादी चिनारी । जो हाम्रो विगतको दोष हो । के हुन सक्थ्यो त हाम्रो पहिचानको लागी ?
क. नेपाल सन्दर्भमा:
– नेपालको पर्यटकीय क्षेत्रको विकास र पर्बधनका लागि प्रबर्धनात्मक कामहरूको सुरुआत, पर्यटन र उधोगमा साझा लगानी
– मातृभूमिको विकास निर्माणमा सहयोगी बन्न नेपाल बिपत व्यवस्थापन र व्यावसायिक साझेदारीका लागी निश्चित रकम संकलन गरी नेपाल विकास फण्ड र नेपाल लगानी फण्डको स्थापना
– नेपालमा भरखरै “फर्कफर्क वैज्ञानिक नेपाल तिमीलाई स्वगर गर्छ” भन्ने जस्ता र महाबीर पुनले सञ्चालन गरेका श्रृजनशील काममा भोलियन्टरी साहयता र नेपाली मूलका बैज्ञानीकहरुको परिचालन
– नेपालमा अमेरिकन प्रवासीको प्रत्यक्ष सरोकार छ भन्ने देखाउन सकिने खालका एकीकृत परियोजनाहरुको प्रारुप तयार गरी कार्यान्वयन गर्ने
– सरकारसँग ईतर भएर हैन सरकार भित्र नै रहेर स-साना उधोग कलकारखानाको स्थापना
– सामाजिक सुधारका क्षेत्रमा ग्रामीण आयआर्जनका परियोजना- जडिबुटी, खाधप्रसोधन……
ख. अमेरिकाको सन्दर्भमा:
– यसलाई सामाजिक संस्था नै रहन दिई नेपालको दलीय राजनीति भन्दा माथि उठाउनु पर्ने
– व्यक्ति भन्दा संस्था सर्वपरी र हाम्रो साझा संस्थाको रूपमा बिकासित
– अमेरिकामा रहेका नेपालीमाझ फूटेर हैन जुटेर अगाडी बढौ भावना बोकेको नेतृत्वको विकास
– छरिएर रहेका सबै नेपाली संस्थाको माउ संस्थाको रूपमा स्थापित
– नेपाली समाजको बृतिबिकासको लागी प्राविधिक तालीमको व्यवस्था
– नेपाली भाषा तथा सांस्कतिक केन्द्रको स्थापाना र नेपाली भाषापाठशालाहरुको विकासका लागी पाठ्यक्रम र सहयोगी सामग्री विकास
– समाजको गतिशिलताकोलागी युवा जनशक्तिको विकास र परिचालनका
– नेपाली बिज्ञसमुहको परिचालनबाट नेपाल अनुसन्धान केन्द्रको स्थापना
– नेपालीहरूको साझा लगानीमा नेपाल चिनारी केन्द्रको स्थापन (जसमा नेपाली रेष्टुरेन्ट, नेपाली सानो होटेल देखी….. हरेक सामान नेपाली हुन र नेपालको इतिहास, भुगोल, कला सांस्कृतिको पहिचान गराउन सकोस )
– नेपालीहरूको एकिन नामनिमासी सहितको तथ्याङ्क संकलन गरी प्रवासी नेपाली कार्डको व्यवस्था गरी त्यसैको आधारमा मतदान गर्ने व्यवस्था गर्ने ।
– विपत्ति निवारण कोषको स्थापना र परिचालन
– विशेष विषयमा अध्ययन गर्न चाहने बालबालिका-बिधार्थीकालागी मार्गदर्शन गर्ने सहायता केन्द्रको सुरुआत ।
– नेपाली सहायता वेबसाइट निर्माण ……आदी
अन्त्यमा: जसरी आजकल नेपालको स्थानीय निकायको निर्वचनले तातेको छ त्यसै गरी अमेरिकी डायस्पोरा पनि एनआरएनको चुनावले तातेको छ । नेपालमा जनतालाई जसरी विभिन्न लोभलग्दा विकासका पोकाहरुले नेता र दलका कार्यकर्ताहरूले बाँडिरहेका छन् एनआरएनका उम्मेदवारले पनि भावी योजनाहरू पस्कदैछन । भने केहीले नेपाली दलको भातृसंस्थाको आडमा एनआरएन अमेरिकाको चुनावमा राजनैतिक रंग पोत्न खोजिरहेका छन् । जो हाम्रो पहिले कै अभ्यासको निरन्तरता हो । जो एकदमै गलत छ ।
एनआरएनलाई सामूहिक संस्था बनाउन नेपालका प्रभूहरुको आशीर्वादले हैन एकताको संस्था बनाउने सोचमा अहिले एक जमात लागेको छ । जो सँग नेपालको राजनैतिक गन्ध भन्दा पनि समाजिक सुधारको उच्च आदर्श छ । यसर्थ यो हामीलाई मौका हो । सस्थालाई एउटा सामूहिक भिजनरी लिडरसीपको परिकल्पनामा डोरयाउ । समाजसेवाको नामका राजनैतिक आवरणलाई चिर्ने कोसिस गरौँ । गरे पक्कै हुन्छ । नेपालका लागी गरेर देखाउँ । नारायणीमा बगाउनु पर्छ भन्नेलाई दरो सफत सिकाउँ र रेमिटेन्सको माग्नेलाई देखाई दिऊँ हम्रो सहयोग । यसैबाट हाम्रो एक पटकको नेपाली सधैको नेपालीको चिनारी बन्न सक्छ । नत्र ! विगतको नेतृत्व झैँ हामी घर न घाटका हुनेछौ र नेपालबाट राष्ट्रवादीले पराई चस्माले हेर्नेछ भने अमेरीकावासी नेपालीले भातृसंस्थाको प्रतीरुप ।
प्रतिक्रिया