मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

एनआरएन अमेरीकाको भावी नेतृत्वसंगको आशा

एनआरएन अमेरीकाको भावी नेतृत्वसंगको आशा


एनआरएन गैरनाफामूलक, गैर राजनैतिक, गैर सरकारी संध हो। यसको मूल उद्देश्य नै विश्वभर छरिएर रहेका नेपालीहरूलाई एकजुट गर्दै नेपालको कला संस्कृति, पर्यटनको विकासमा टेवा पुरयउदै नेपालको विकास र प्रबर्ध्दनमा सहयोग पुरयाउनु हो । संस्थाको सुरुआतताका यसका अगुवाले बिशुध्द सामाजिक संस्थाको परिकल्पना गरेक थिए । तर आफ्नो छोटो इतिहासको गरेटो कोर्ने क्रममा सुरुआत कै दिनहरूमा सीमित समूहको घेरा भित्र रहन गई नेपालका मालिकबाट निर्देशित हुन पुग्यो । सायद यसैले होला, करिब चारलाख नेपाली भएको अमेरिकामा १४ हजारको हाराहारीमा यो संस्थासंगको आवध्दता छ । किन र कहाँ हामी चुक्यौ हामी सबैलाई थाहा नै छ । 
 
बुझाइमा एनआरएन: नेपालमा रहदा सबैले प्रवासीलाई चिन्ने नाता भनेको एनआरएन हो । यस संस्थाले केही गरोस वा नगरोस एउटा पहिचान दिन सफल भएहो । यही पहिचानको परीणामस्वरुप नै कैयौ उग्र-राष्ट्रवादीको विरोधका बाबजुत पनि नेपालको हालको संम्विधान मै आफ्नो पहिचान स्थापित गर्न सक्यौ चुने कुरा पक्कै होइन । यसका साथै नेपालको दैवी-विपत्तिमा सक्दो सहयोग गरी आफ्नो उपस्थिति गराउनु सक्नु यसको अर्को देन हो । 
 
एनआरएनले चाहेको भए र संस्था दरो बनाएको भए अझै धेरै गर्न सक्थ्यो । यो अल्झियो ।  गरेन भन्ने पनि छन्। केहीले यस संस्थाले स्थापनाकाल देखि नै बाटो बिराउदै हिडेको आरोप लगाउन्छन । जसमा आफ्नो परीलक्ष्य अनुसार नेपालको विकास र प्रवासी नेपालीको हितमा ठोस योगदान दिने गरी आफ्नै स्थायी कोष स्थापना गर्न नसक्नु र नेपली बिच एकता स्थापित गर्न नसक्नु यसको चुनौतीको रूपमा हेर्ने गर्छन् ।  यसका अलाव संस्थाले प्रवासीको लागी सहायताकोष स्थापित गर्न नस्क्नु, हरामबिराम हुँदा गो-फण्डको भर पर्नु, नेपालमा संयुक्त लगानीका साझा परियोजना सञ्चालन गर्न नसक्नु, नेपाली हस्तकला र अन्य सामानको अमेरिकी बजारमा प्रबर्धन गर्न नसक्नु, संगठनलाई समयानुकुल ढाल्ने भन्दा पनि नेपाली पाराको राजनीतिमा मुछिनु, करिब चारलाखको हाराहारीमा रहेका नेपाली मध्ये सत्र हजारको सदस्यताको दरखास्तमा पनि कसले जित्ने र हार्ने नाउँमा अनेक तिगडम गर्नु, नेपाली समाजको विकास र एकतामा ठोस योगदान दिन नसक्नु जस्ता आरोपबाट संस्थामा हालसम्म कर्यरत पदाधिकारी र हामी जस्ता साधारण सदस्य पनि दोषका भगेदार छौ । 
 
यसै गरी यहाँ अर्को समूह जो आफूलाई अमेरिकन विधान भनेर चिनारी दिन चाहन्छन तर यो संस्थाको सदस्यतालिन र संस्थामा रहेर सहयोग गर्न चाहदैनन । यिनीहरूको नत सहयोग नै छ नत विरोध नै । अर्को जमात सधैँ पद ताकी रहन्छ । पाएमा ठीक्क नपाए बाहिरी बजारमा संस्थालाई गाली गर्दै ठिक्क छन् । बिचार हरेकमा हुन्छ । कुनै पनि सत्यता, यथार्थता, वास्तविकता हेर्ने दृष्टिकोणको उपज मात्र हो । कुनै समयमा सुनेको कथा जस्तै लाग्ने “काली लैल” त्यो सुन्दर मजनुको नजरमा विश्व शुन्दरी थिइन । यो एक किसिमको अन्तरमनको सौन्दर्यताको कथा हो । यस्तै हरेकले हेर्ने सत्यता र वास्तविकताको रंग पनि उनकै निजी धरातल सँग सम्बन्धित छ । एन.आर.एन. अमेरिकालाई हेर्ने बुझ्ने र व्याख्या गर्ने हरेको बुझाई फरक हुँदा अचम्मित हुनु पर्दैन । नेतृत्वले यस्ता बिचार समेटेर नै संस्थाको संस्थागत विकास गर्न सके संस्था मजबुत हुन्छ । काम गर्दा गाली र ताली दुवै हुन्छन् । 
 
एनआरएनसंगका आशाहरु: एक पटकको नेपाली सधैको नेपाली भन्ने हाम्रो आदर्श हो। कुनै पनि आदर्शको परिपालानामा हरेकले कर्तव्य ठानी परीपालना गर्नु पर्दछ । आज नेपालमा रहेकहरुले प्रवासीलाई हेर्ने दृष्टिकोण ज्यादै नकरात्मक बन्दै गएकोछ । आमुक राजनैतिक दल र केही राष्ट्रवादीहरुले प्रवासीहरुलाई तल्लो स्तरबाट व्यवहार गर्ने गर्न खोजेकाछन जसले प्रवासीलाई नारायणीमा बगाउने सम्मका नारा दिई लोकप्रिय बने । एक जना उच्चतहको नेपालका कर्मचारी मित्र भनेको सम्झजन्छु – खै के दियो नेपालीमूलका अमेरिकनले नेपाललाई? अमेरिकन भन्दा बरु खाडीले नेपाललाई रेमिट्यान्स दिएको छ । यस्ता त सोच छन् देशको नीति बनाउने सँग भने हाम्रो त्यो “एक पटकको नेपाली सधैको लागी” भन्ने आत्मियताको आदर्शलाई यिनले कसरी बुझ्ने ? । यो मरेतुल्य छ ।  यसैका धेरै कारण हुन सक्छन् । नेपालले आशा गरेका क्षेत्रमा हाम्रो सहयोग हुन नसक्नु र खुद्राकाम गरी संस्था चिनाउनु र ब्यक्तीवादी  चिनारी । जो हाम्रो विगतको दोष हो । के हुन सक्थ्यो त हाम्रो पहिचानको लागी ?  
 
क. नेपाल सन्दर्भमा: 
नेपालको पर्यटकीय क्षेत्रको विकास र पर्बधनका लागि प्रबर्धनात्मक कामहरूको सुरुआत, पर्यटन र उधोगमा साझा लगानी
मातृभूमिको विकास निर्माणमा सहयोगी बन्न नेपाल बिपत व्यवस्थापन र व्यावसायिक साझेदारीका लागी निश्चित रकम संकलन गरी नेपाल विकास फण्ड र नेपाल लगानी फण्डको स्थापना
नेपालमा भरखरै “फर्कफर्क वैज्ञानिक नेपाल तिमीलाई स्वगर गर्छ” भन्ने जस्ता र महाबीर पुनले सञ्चालन गरेका श्रृजनशील काममा भोलियन्टरी साहयता र नेपाली मूलका बैज्ञानीकहरुको परिचालन
नेपालमा अमेरिकन प्रवासीको प्रत्यक्ष सरोकार छ भन्ने देखाउन सकिने खालका एकीकृत परियोजनाहरुको प्रारुप तयार गरी कार्यान्वयन गर्ने
सरकारसँग ईतर भएर हैन सरकार भित्र नै रहेर स-साना उधोग कलकारखानाको स्थापना
सामाजिक सुधारका क्षेत्रमा ग्रामीण आयआर्जनका परियोजना- जडिबुटी, खाधप्रसोधन……
 
ख. अमेरिकाको सन्दर्भमा:
यसलाई सामाजिक संस्था नै रहन दिई नेपालको दलीय राजनीति भन्दा माथि उठाउनु पर्ने 
व्यक्ति भन्दा संस्था सर्वपरी र हाम्रो साझा संस्थाको रूपमा बिकासित
अमेरिकामा रहेका नेपालीमाझ फूटेर हैन जुटेर अगाडी बढौ भावना बोकेको नेतृत्वको विकास
छरिएर रहेका सबै नेपाली संस्थाको माउ संस्थाको रूपमा स्थापित 
नेपाली समाजको बृतिबिकासको लागी प्राविधिक तालीमको व्यवस्था 
नेपाली भाषा तथा सांस्कतिक केन्द्रको स्थापाना र नेपाली भाषापाठशालाहरुको विकासका लागी पाठ्यक्रम र सहयोगी सामग्री विकास
समाजको गतिशिलताकोलागी युवा जनशक्तिको विकास र परिचालनका
नेपाली बिज्ञसमुहको परिचालनबाट नेपाल अनुसन्धान केन्द्रको स्थापना
नेपालीहरूको साझा लगानीमा नेपाल चिनारी केन्द्रको स्थापन (जसमा नेपाली रेष्टुरेन्ट, नेपाली सानो होटेल देखी….. हरेक सामान नेपाली हुन र नेपालको इतिहास, भुगोल, कला सांस्कृतिको पहिचान गराउन सकोस ) 
नेपालीहरूको एकिन नामनिमासी सहितको तथ्याङ्क संकलन गरी प्रवासी नेपाली कार्डको व्यवस्था गरी त्यसैको आधारमा मतदान गर्ने व्यवस्था गर्ने ।
विपत्ति निवारण कोषको स्थापना र परिचालन
विशेष विषयमा अध्ययन गर्न चाहने बालबालिका-बिधार्थीकालागी मार्गदर्शन गर्ने सहायता केन्द्रको सुरुआत । 
नेपाली सहायता वेबसाइट निर्माण ……आदी
 
अन्त्यमा: जसरी आजकल नेपालको स्थानीय निकायको निर्वचनले तातेको छ त्यसै गरी अमेरिकी डायस्पोरा पनि एनआरएनको चुनावले तातेको छ । नेपालमा जनतालाई जसरी विभिन्न लोभलग्दा विकासका पोकाहरुले नेता र दलका कार्यकर्ताहरूले बाँडिरहेका छन् एनआरएनका उम्मेदवारले पनि भावी योजनाहरू पस्कदैछन । भने केहीले नेपाली दलको भातृसंस्थाको आडमा एनआरएन अमेरिकाको चुनावमा राजनैतिक रंग पोत्न खोजिरहेका छन् । जो हाम्रो पहिले कै अभ्यासको निरन्तरता हो । जो एकदमै गलत छ ।
 
एनआरएनलाई सामूहिक संस्था बनाउन नेपालका प्रभूहरुको आशीर्वादले हैन एकताको संस्था बनाउने सोचमा अहिले एक जमात लागेको छ । जो सँग नेपालको राजनैतिक गन्ध भन्दा पनि समाजिक सुधारको उच्च आदर्श छ । यसर्थ यो हामीलाई मौका हो । सस्थालाई एउटा सामूहिक भिजनरी लिडरसीपको परिकल्पनामा डोरयाउ । समाजसेवाको नामका राजनैतिक आवरणलाई चिर्ने कोसिस गरौँ । गरे पक्कै हुन्छ । नेपालका लागी गरेर देखाउँ । नारायणीमा बगाउनु पर्छ भन्नेलाई दरो सफत सिकाउँ र रेमिटेन्सको माग्नेलाई देखाई दिऊँ हम्रो सहयोग । यसैबाट हाम्रो एक पटकको नेपाली सधैको नेपालीको चिनारी बन्न सक्छ । नत्र ! विगतको नेतृत्व झैँ हामी घर न घाटका हुनेछौ र नेपालबाट राष्ट्रवादीले पराई चस्माले हेर्नेछ भने अमेरीकावासी नेपालीले भातृसंस्थाको प्रतीरुप ।