मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

बीपी राजमार्ग भासिँदा सवारी आवागमन बन्द, एकतर्फी खोल्ने तयारी

बीपी राजमार्ग भासिँदा सवारी आवागमन बन्द, एकतर्फी खोल्ने तयारी


सिन्धुली । बीपी राजमार्ग सडकखण्डअन्तर्गत सिन्धुलीको शीतलपाटीमा पर्ने राजमार्ग सुनकोसी नदीमा खसेको छ । शीतलपाटी–९ वेनीघाट खाल्टेमा पर्ने बीपी राजमार्गको झन्डै एक सय मिटर सडक आइतबार राति सुनकोसी नदीमा खसेको हो ।
 
राति ११ बजे सडक सुनकोसीतर्फ खसेको प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले जानकारी दिए । राजमार्ग  किन र कसरी भत्कियो भन्ने यसै भन्न नसकिने उनको भनाइ छ । राजमार्गमा मोटरसाइकलसमेत नछिर्ने गरी राजमार्गको भित्तोसहित तल भासिएको प्रजिअ कार्कीले जानकारी दिए ।
 
आइतबार रातिदेखि राजमार्ग सम्बन्ध विच्छेद भएपछि अहिले सयौँ सवारी गन्तव्यविहीन बनेका छन् । बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग भएर राजधानी तथा राजधानीबाट बाहिरिएका सवारी गन्तव्यविहीन भएका छन् भने यात्रु बिचल्लीमा परेका छन् । रामेछाप, दोलखा, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गालगायत पूर्वका अन्य जिल्ला तथा तराईका जिल्लाबाट राजधानी हिँडेका सवारीसाधनबीच बाटोमा नै थन्किएर बसेका छन् ।
 
सिन्धुलीबाट राजधानी जाने साना तथा अन्य सवारीसाधन नजान र नलैजान सम्बन्धित व्यवसायीलाई जानकारी गराइएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । 
 
यस्तै महोत्तरी हुँदै सिन्धुली भएर राजधानी आउने सवारीसाधन नपठाउनसमेत महोत्तरीलाई जानकारी गराइएको बताइएको छ । रातिदेखिको सवारी आवागमन ठप्प भएको र वैकल्पिक व्यवस्था गर्न सडक विभागसँग आग्रह गरेको प्रजिअ कार्कीले बताए । राजमार्ग भत्किएर तल खसे पनि सवारीसाधनलाई गन्तव्यमा पु¥याउन आफूले पहल थालिरहेको उनको भनाइ छ ।
 
वैकल्पिक सडक कतिबेला निर्माण हुन्छ यसै भन्न नसकिए पनि अलपत्र परेका सवारीसाधन तथा यात्रुलाई चाँडै गन्तव्यमा पु¥याउन लागिपरेको उनले भने । सडकको जग बलियोसँग नबनाइनु, भूकम्पका कारण चर्किएको र सुनकोसीले बर्सातको समयमा जग खोलिदिँदा सडक भत्केको हुन सक्ने स्थानीयवासीले आङ्कलन गरेका छन् । 

शेयर गर्नुहोस:

0
Shares