मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

भारतसँग शान्तिपूर्ण सम्बन्ध बनाउने पाकिस्तानी प्रधानमन्त्रीको चाहना

भारतसँग शान्तिपूर्ण सम्बन्ध बनाउने पाकिस्तानी प्रधानमन्त्रीको चाहना


पाकिस्तान । भारत र पाकिस्तानबीच सम्बन्धमा चिसोपना देखिरहेका बेला मङ्गलबार पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले पाकिस्तानी उच्चपदस्थ अधिकारीको बैठक गरी छिमेकी तथा रणनीतिक साझेदार राष्ट्रसँगको सम्बन्धबारे समीक्षा गरेको पाकिस्तानले बताएको छ । 
 
प्रधानमन्त्री सरिफ र पाकिस्तानले यस क्षेत्रका सबै राष्ट्रसँग शान्तिपूर्ण सहअस्तित्वमा विश्वास गरेको र उनीहरुसँग मजबुत र परस्पर लाभकारी सम्बन्ध स्थापना गर्न चाहेको पाकिस्तानी सरकारद्वारा जारी एक वक्तव्यमा जनाइएको छ । 
 
बैठकमा प्रधानमन्त्री सरिफले भने, “शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक समान र आर्थिक रुपमा एकीकृत क्षेत्र बनाउने हामीहरुको साझा उद्देश्य रहेको र यस उद्देश्यलाई हृदयङ्गम गरी अघि बढ्न पहल गर्नुपर्छ । शान्ति, प्रगति र समृद्धिका लागि यसप्रति प्रतिबद्ध देखाउन सकेमात्र हाम्रो लक्ष्यमा पुग्न सकिने छ ।” 
 
पाकिस्तानी प्रधानमन्त्रीको यो धारणा पाकिस्तानस्थित आतङ्कवादी समूहले उरीस्थित भारतीय सैन्य शिविरमा गत सेप्टेम्बरमा आक्रमण गरेपछि सम्बन्धमा हदै चिसोपना देखिएका बेला आएको हो । 
 
सरिफले उक्त अवसरमा चीन–पाकिस्तान आर्थिक मार्ग क्षेत्रीय सम्बन्ध र पारस्परिक समृद्धिका लागि पाकिस्तानको चाहनामा बनेको आधारशीला भएको अवधारणा भएको बताए । 
 
बैठकले अन्तर्राष्ट्रिय सम्बन्धमा देखिने चुनौतीका बीच मुलुकका विभिन्न नीतिगत विकल्पको मूल्याङ्कन पनि गरेको बताइएको छ । बैठक क्षेत्रीय, बाह्य तथा आन्तरिक सुरक्षा अवस्था विषयमा केन्द्रित भएको पनि विज्ञप्तिमा जनाइएको छ । 
 
पाकिस्तानी अर्थमन्त्री इशाक दार, गृहमन्त्री निसार अलि खान, सैनिक प्रमुख कमार जाबेद वाजवा, आईएएआई प्रमुखलगायत उच्च सुरक्षा अधिकारी उपस्थित बैठकले छिमेकी मुलुकसँगको दुईपक्षीय तथा बहुपक्षीय सम्बन्ध र क्षेत्रीय स्थायित्वका लागि आगामी योजना र पारस्परिक हितका लागि सम्बन्ध सुधारलगायतका विषयमा समीक्षा गरेको बताइएको छ । पीटीआई 

शेयर गर्नुहोस:

0
Shares