मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

संसारको अन्त्य हुने अमेरिकी ज्योतिषको भविष्यवाणी (भिडियोसहित)

संसारको अन्त्य हुने अमेरिकी ज्योतिषको भविष्यवाणी (भिडियोसहित)


क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा बस्ने एक चर्चित सन्त ज्योतिष हेरोल्ड क्याम्पिङले यो वर्षको अक्टोबर २ तारिखमा संसारको अन्त्य हुने दावी गरेका छन् ।
 
अक्टोबर २ को साँझ ६ बजे संसारको अन्त्य हुने उनको भनाइ छ । उनको भनाइअनुसार त्यतिबेला संसारको २ प्रतिशत जनसंख्या तत्काल स्वर्गवासी हुनेछ भने बाँकी अन्य कुनै स्थानमा पुग्नेछन् ।
 
पूर्व इन्जिनियरसमेत रहेका ८९ वर्षीय क्याम्पिङले प्रत्येक दिन आफ्नो भविष्यवाणी रेडियो नेटवर्कको माध्यमबाट गर्ने गर्छन् । यो रेडियो धार्मिक ब्रोडकास्टिङ संगठनले श्रोताको दान दातव्यको माध्यमबाट सञ्चालन गर्ने गर्छ ।
 
७० वर्षसम्म बाइबलको अध्ययन गरेका सन्त हेरोल्ड क्याम्पिङले आफ्नो विशेष गणित विकाश गरेर भविष्यवाणी गर्दै आएका छन् ।
 
जिसस क्राइस्ट सुलीमा चढेको दिन देखि ७ लाख २२ हजार ५०० दिनपछि पृथ्वीको अन्त्य हुने तय रहेको दावी गर्दै उनले यो संख्या महत्वपूर्ण भएको बताएका छन् । बाइबलमा ५, १० र १७ लाई पवित्र तीन अंक मानिएको छ । यसको गुणनफलबाट आउने अंकलाई झनै महत्वपूर्ण मानिन्छ ।
 
सन्त हेरोल्ड क्याम्पिङले हैटी, जापान र नेपालमा आएको भूकम्पलाई समेत यो प्रलयको पूर्व संकेतको रुपमा दाबी गरेका छन् । (एजेन्सीको सहयोगमा)