मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

ढाकाको टोङ्गी क्षेत्रमा कारखाना विस्फोटमा परी बीसको मृत्यु

ढाकाको टोङ्गी क्षेत्रमा कारखाना विस्फोटमा परी बीसको मृत्यु


ढाका । बङ्गलादेशको राजधानी ढाकाको बाहिर इलाकामा अवस्थित टोङ्गी क्षेत्रमा रहेको एक कारखाना कक्षभित्र शनिबार बिहान ‘ब्वाइलर’ मेसिन विस्फोटमा हुँदा कम्ती २० व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटनमा परी अन्य दर्जनौ व्यक्ति घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । 
स्थानीय समयानुसार शनिबार विहान ६ बजे पाकिङ्ग गर्ने कारखानामा रहेको ‘ब्वाइलर रुम’ विस्फोट भएको नाम नबताउने शर्तमा प्रहरी स्रोतले जानकारी दिएको छ । 
 
सुरुमा यस विस्फोटमा परी १० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ७० जना घाइते भएको बताइएको थियो । घाइतेमध्ये थप १० जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या २० पुगेको बताइएको छ । घाइतेमध्ये घेरैको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या पनि बढ्न सक्ने प्रहरीले जानकारी दिएको छ । 
 
विस्फोटको कारण आगलागी भएको यस कारखानामा केही कामदार अझै फसेको अनुमान गरिएको छ । यस कारखानाका प्रवक्ताले भने तत्काल यस विस्फोटको विषयमा कुनै टिप्पणी गरेका छैनन् । सिन्ह्वा 

शेयर गर्नुहोस:

0
Shares