मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सडकमा भौतारिरहेका १०२ जनाको पारिवारिक मिलन

सडकमा भौतारिरहेका १०२ जनाको पारिवारिक मिलन


काठमाडौँ । सर्वाेत्कृष्ट जीवन शाश्वत चिन्तनद्वारा सञ्चालित मानव सेवा आश्रमले मानसिक असन्तुलन भई सडकमा भौतारिरहेका १०२ जनालाई पारिवारिक मिलन गराएको छ ।
 
सन्तति र आफन्तजनको बेवास्ताका कारण मानसिक असन्तुलन भई खुला आकाशमुनि सडक जीवन बिताइरहेका खासगरी ज्येष्ठ नागरिकलाई मानव सेवा आश्रमले आश्रय प्रदान गरिरहेको छ ।
 
मानव सेवा आश्रमले मकवानपुरको हेटौँडा, चितवनको भरतपुर र काठमाडौँको सामाखुशीमा चलाएको आश्रममा हाल १५० जनाले पारिवारिक वातावरणमा आश्रय पाइरहेका छन् । आश्रमको पहलमा अहिले हेटौँडा नगरपालिका सडक मानवमुक्त बन्न सफल भएको छ ।  
 
सडकमा रहेका बेसाहारालाई आश्रममा ल्याएर औषधोपचार गरी निको भएपछि आफन्तको खोजी गरी जिम्मा लगाउने कार्यलाई मानव सेवा आश्रमले प्राथमिकतामा राखेर काम गरिरहेको संस्थाका महासचिव धर्मप्रसाद पौडेलले जानकारी दिए । उक्त आश्रमले हालसम्म मुलुकका विभिन्न जिल्लाका ३५० जना त्यस्ता नागरिकलाई सेवा पु¥याइसकेको छ ।
 
मानव सेवा आश्रम सामाखुशीको पहिलो वार्षिकोत्सवको बुधबार उद्घाटन गर्दै पशुपति विकास क्षेत्र कोषका सदस्यसचिव डा गोविन्द टण्डनले मान्छेबाट मान्छे तर्सनुपर्ने परिस्थितिको अन्त्य गर्न सकारात्मक सोच र शाश्वत चिन्तनमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकतामा जोड दिए । 
 
ब्रह्मकुमारी राजयोगका प्रतिनिधि दिदी सिर्जनाले अव्यवस्थित सडक मानवबस्तीको अन्त्य गर्न समाजका सबै समुदायमा मानवहितको पक्षमा काम गर्न आवश्यक छ भने । रासस