मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

टर्कीमा ३८ हजार कैदी छिट्टै मुक्त गरिने

टर्कीमा ३८ हजार कैदी छिट्टै मुक्त गरिने


इस्ताबुल । गत जुलाई १ अघि अपराध स्वीकारेका ३८ हजारजति कैदीलाई टर्कीले शीघ्र नै जेलमुक्त गर्न लागेको तथ्य न्याय मन्त्री बेकिर बोजागले बताएका छन् । 
 
गत जुलाई १५ मा टर्कीमा भएको असफल कु प्रयासपछि कारागारमा कैदी, बन्दीहरुको सङ्ख्यामा अस्वाभाविक वृद्धि भई खचाखच भएका कारण सोको उचित व्यवस्थापन गर्नुपरेको समेत मन्त्री बेकिर बोजागले आफ्नो ट्विटर एकाउन्टमार्फत जानकारी दिएका हुन् । 
 
ट्विटरमार्फत सम्प्रेषण गरिएको शृङ्खलाबद्ध जानकारीमा यो एक आम क्षमादान (एम्नेस्टी) नभएर ज्यानमाराको अभियोग लागेका, राज्य विप्लवको अभियोग लागेका, आतङ्कवादको अभियोग लागेका र जुलाई १५ को असफल कुलाई सहयोग गर्ने विद्रोहीहरुलाई भने यो सहुलियत उपलब्ध नगराइनेसमेत उनले खुलासा गरेका छन् । एएफपी  

शेयर गर्नुहोस:

0
Shares