मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रहरीको अनुसन्धान ब्युरोबाट चार वर्षीया बालिका अपहरणमुक्त

प्रहरीको अनुसन्धान ब्युरोबाट चार वर्षीया बालिका अपहरणमुक्त


पथरी (मोरङ) । नेपाल प्रहरीको पूर्व क्षेत्रीय अनुसन्धान ब्युरोले अपहरित बालिका स्पर्श अग्रवाललाई सोमबार बिहान सकुशल अपहरणमुक्त गराएको छ । 
 
पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार प्रहरीले मोरङको पथरीबाट चार वर्षीया बालिकालाई सकुशल अपहरणमुक्त गरेको हो । भारतको बिहारबाट अपहरणमा परेकी बालिकालाई चार दिनअघि बालिका स्कुलबाट घर फर्कंदै गर्दा अपहरणमा परेकी थिइन् । 
 
प्रहरी नायब उपरीक्षक पङ्गेनीका अनुसार कटिहारस्थित एनबिआर स्कुलमा केजीमा पढ्दै गरेकी ती बालिकामुक्त गर्दा प्रहरीले दुईजना अपहरणकारीलाई पक्राउ गर्न सफल भएको छ । अपहरणकारीहरू त्यही स्कुलका पूर्व सवारी चालक रहेको प्रहरीले जनाएको छ । प्रहरीले अपहरणकारीको नाम खुलाएको छैन । 
 
विहारबाट नेपाल ल्याएको आशङ्कापछि ब्युरोको टोली परिचालन भएको थियो । प्रहरीको केन्द्रीय र क्षेत्रीय अनुसन्धान समूहको संयुक्त टोलीले बालिकालाई सकुशल उद्धार गरेको हो । बालिकाको मामली घर इटहरी हो । 
 
अपहरणकारीले नेपालमा ल्याएर बालिकाका आफन्तसँग ‘बार्गेनिङ’ गरिरहेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानले पैसाको लागि बालिकालाई अपहरण गरेको खुले र अन्य विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कृष्ण पङ्गेनीको भनाइ छ । रासस 

शेयर गर्नुहोस:

0
Shares