मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कतारमा मृत्यु भएका चौधरी परिवारलाई रु ५८ लाख हस्तान्तरण

कतारमा मृत्यु भएका चौधरी परिवारलाई रु ५८ लाख हस्तान्तरण


चितवन । वैदेशिक रोजगारीका सिलसिलामा कतारमा मृत्यु भएका पूर्वी चितवनका धनेश्वर चौधरीको परिवारलाई कतारस्थित काम गर्ने कम्पनीबाट पठाइएको राहत रकम हस्तान्तरण गरिएको छ । 
 
प्रमुख जिल्ला अधिकारी  विनोदप्रकाश सिंहले चौधरीकी श्रीमती विसमतीलाई राहतस्वरुप कम्पनीले पठाएको रु ५८ लाख आठ हजार ४६५ बराबरको चेक मंगलबार हस्तान्तरण गरे । 
 
पूर्वी चितवनको भण्डारा निवासी चौधरी फर्निचरको कामका लागि विसं २०६९ मा कतार गएका थिए । रोजगारीका सिलसिलामा कतार पुगेका उनको सडक दुर्घटनामा परी २०७० वैशाख २९ गते निधन भएको थियो । 
 
निधन भएको तीन वर्षपछि जिल्ला प्रशासन कार्यालयको खातामा आएको सो रकम परिवारलाई बुझाइएको हो । चौधरीको परिवारमा अहिले आमा, श्रीमती र एक छोरी छन् ।

शेयर गर्नुहोस:

0
Shares