चितवन । काठमाडौँमा अनशनरत डा.गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै दिनहुँजसो भरतपुरमा प्रदर्शन भएको छ ।
प्रयास नेपाल नामक संस्थाको पहलमा भरतपुरको चौबिसकोठीचोकमा साँझ पाँच बजेदेखि आधा घण्टा प्रदर्शन भएको हो । सोही संस्थाको पहलमा सोमबार दिउँसो नारायणगढको लायन्सचोकमा पनि आधा घण्टा प्रदर्शन भएको थियो ।
प्रयास नेपालमा संयोजक अमर घिमिरेले बुधबार साँझ डा.केसीको माग र अभियानको समर्थनमा प्रदर्शन गर्ने जानकारी दिए । ‘डाक्टर केसीका माग जायज छन् । सरकार र संसदले यसको चाँडोभन्दा चाँडो सुनुवाइ गर्नुपर्छ । यसका लागि दबाब दिन हामी निरञ्तर प्रदर्शनमा उत्रेका हौं’ -संयोजक घिमिरेले भने ।
मेडिकल शिक्षा सुधारको नीतिगत व्यवस्था माग राख्दै डा.केसीले आमरण अनशसन सुरु गरेको बुधबार एघारौँ दिन भएको छ ।







प्रतिक्रिया