मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

खाल्डोको पानीमा डुबेर किशोरको मृत्यु

खाल्डोको पानीमा डुबेर किशोरको मृत्यु


बर्दिवास । महोत्तरीको पशुपतिनगर–९ मा सोमबार एक जना १४ वर्षीय किशोरको खाल्डोको पानीमा डुबेर मृत्यु भएको छ । 
 
बिजलपुरा–५ स्थित आफ्नो घरबाट तीन किलोमिटर दूरीको अहिले पानी आउन छाडेको पुरानो रातु नदीको बगरमा बनेको ठूलो खाल्डोमा जमेको पानीमा डुबेर मीनबहादुर सुसलिङ्गका १४ वर्षीय छोरा सुनिल भनिने लोकबहादुर सुसलिङ्गको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । 
 
खाल्डोमा डुबेका सुनिललाई पानीमा तैरिएको देखेपछि गाउँलेको सहयोगमा परिवारजनले बर्दिवासस्थित शुभस्वस्तिक अस्पताल पु¥याएका थिए । अस्पतालका चिकित्सकले प्रारम्भिक जाँचमै मृत घोषित गरेको इप्रका बर्दिवासका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए । 
 
अहिले सिरानमा तटबन्ध गरिएकाले बाढी बग्न छाडेको सो बगरमा बालुवा ढुङ्गाको कारोबार गर्नेले ठूला–ठूला जेसिभी मेसिनले बनाएको गहिरो खाल्डोमा जमेको पानीमा डुबेर सुनिलको मृत्यु भएको प्रहरीले जनाएको छ । 
 
यसैबीच,  मोरङको खहरे खोलाको खाल्डामा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । थला–२, हुरहुरिया बस्ने ६० वर्षीय सूर्य झागड मृत फेला परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । घरबाट हिँडेका उनी लामो समयसम्म घर नफर्केपछि आफन्तले खोज्दा नजिकै रहेको खोलाको खाल्डामा भेटिएका हुन् । रासस

शेयर गर्नुहोस:

0
Shares