लसएञ्जलस, मे १९ / क्यालिफोर्नियाको लसएञ्जलसमा हुन लागेको अन्तरराष्ट्रिय साहित्य समाजको अधिबेशनको तयारी लगभग पुरा भएको कार्यक्रमको संयोजक एब लसएञ्जलस च्याप्टरका अध्यक्ष शान्तिराम ढकालले बताउनुभयो ।
मे २० ,२१ र २२ गते सम्म चल्ने सम्मेलनमा सहभागि हुन प्रमुख अतिथी डा. खगेन्द्र लुइँटेल एब चर्चित साहित्यकार कृष्ण धाराबासी लसएञ्जलस अाइपुग्नुभएको लसएञ्जलस च्याप्टरका महासचिब तिलक कार्किले जानकारी दिनुभयो ।
अमेरिकामा मात्र २५ वटा च्याप्टरहरु रहेको सो सस्थाले आगामी दिनमा केन्द्र र च्याप्टर बीचको सम्बन्ध र नेपाली साहित्यलाई अन्तरराष्ट्रिय जगतमा अझ सकृयरुपले परिचित गराउन खेल्नुपर्ने भूमिकाको बिषयमा कार्यपत्र पेशका साथ गहन छलफल हुने सो सस्थाको केन्द्रिय अध्यक्ष पदम विश्वकर्माले बताउनुभयो । सम्मेलनमा करिब ३o जना प्रतिनिधिहरुको सहभागिता रहने आयोजकले जानकारी दिएका छन् ।






प्रतिक्रिया