बिश्व घटना

साहित्य समाजको अन्तरराष्ट्रिय सम्मेलनको तयारी पुरा, अतिथीहरु आउन शुरु

साहित्य समाजको अन्तरराष्ट्रिय सम्मेलनको तयारी पुरा, अतिथीहरु आउन शुरु


लसएञ्जलस, मे  १९ / क्यालिफोर्नियाको लसएञ्जलसमा  हुन लागेको अन्तरराष्ट्रिय     साहित्य समाजको अधिबेशनको तयारी लगभग पुरा भएको कार्यक्रमको संयोजक  एब लसएञ्जलस च्याप्टरका अध्यक्ष शान्तिराम ढकालले बताउनुभयो ।  
 
मे   २० ,२१ र २२ गते सम्म चल्ने सम्मेलनमा सहभागि हुन प्रमुख  अतिथी डा. खगेन्द्र लुइँटेल  एब चर्चित साहित्यकार कृष्ण   धाराबासी लसएञ्जलस अाइपुग्नुभएको लसएञ्जलस च्याप्टरका महासचिब तिलक कार्किले जानकारी दिनुभयो ।  
 
अमेरिकामा मात्र  २५ वटा च्याप्टरहरु रहेको सो सस्थाले  आगामी दिनमा केन्द्र र च्याप्टर बीचको  सम्बन्ध र नेपाली साहित्यलाई अन्तरराष्ट्रिय  जगतमा अझ सकृयरुपले परिचित गराउन खेल्नुपर्ने भूमिकाको बिषयमा कार्यपत्र पेशका साथ गहन छलफल हुने सो सस्थाको केन्द्रिय अध्यक्ष पदम विश्वकर्माले बताउनुभयो ।  सम्मेलनमा करिब ३o जना प्रतिनिधिहरुको सहभागिता  रहने आयोजकले जानकारी  दिएका छन् ।