बिश्व घटना

अमेरिकी विदेशमन्त्री यसैवर्ष नेपाल भ्रमणमा जान इच्छुक (भिडियो सहित)

अमेरिकी विदेशमन्त्री यसैवर्ष नेपाल भ्रमणमा जान इच्छुक (भिडियो सहित)


हिमालयखवर संवाददाता
वासिंटन डिसी (अमेरिका) २५ अप्रिल २०१६ I अमेरिकी विदेशमन्त्री जोन केरीले सन् २०१६ को अन्तिम तिर नेपाल भ्रमण गर्ने अवस्था रहेको नेपालको पराराष्ट्र मन्त्रालयले जनाएको छ । वासिंटन भ्रमणमा रहेका उप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा र केरी विच सोमवार भएको बैठकमा अमेरिकी विदेशमन्त्रीले संभव भएसम्म यसवर्षमै नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरेको मन्त्रालयले जनाएको छ । 
 
यदी सवै पक्ष योजना अनुसार भए यसैबर्ष केरी नेपाल पुग्ने छन् वासिंटन डीसी स्थित नेपाली दुतावास स्रोतले भन्यो । उपप्रधानमन्त्री थापाले नेपाल भ्रमणका लागि आग्रह गर्दा विदेशमन्त्री केरीले यसमा सकरात्मक रहेको जवाफ दिएका हुन् । केरीको यो बर्ष अन्तिम कार्यकाल हो । सन् २०१६ मा अमेरिका राष्ट्रपति निर्वाचन हुदैं छ । जनवरी तेस्रो साता नयां राष्ट्रपतिले कार्यभार सम्हाल्ने छन् । 
 
भेटमा मन्त्री थापाले नेपालको विद्यमान अवस्था, संविधान कार्यान्वयनको अवस्था र भुकम्प प्रभावितको पुर्ननिमार्णका वारेमा जानकारी दिएका थिए । उपप्रधानमन्त्री थापाले अमेरिकी सरकारले गरेको भौतिक र वित्तीयसहयोगका लागि धन्यवाद दिदैं आउने दिनमा थप सहयोगको आशा गरेको वताएका थिए । दुई पक्षिय सम्वन्धलाई अझ प्रभावकारी वनाउन उच्च तहको भ्रमणले सहयोग गर्ने वताउंदै पराराष्ट्रमन्त्री थापाले केरीलाई अनुकुल समयमा नेपाल आउन निमन्त्रण गरेका हुन् । 
 
नेपालीको चाहना अनुसार संविधानमा सुधार हुनु सकरात्मक पक्ष भएको वताउंदै केरीले नेपालको आर्थिक समाजिक विकासमा आर्थिक र राजनीतिक रुपमा सहयोग गरिरहने वताएका थिए । उनले शान्ति सेना मार्फत विश्वमा शान्तिका लागि नेपालले गरेको योगदानको पनि प्रशंसा गरेका थिए । थापा र केरी विचको भेटमा वासिंटनका दक्षिण एशिया हेर्ने उच्च अधिकारीहरुपनि सहभागी थिए । 
 
यस्तै उपप्रधानमन्त्री थापाले कांग्रेसम्यान तथा नेपाल ककस समुहका सह अध्यक्ष जेराड पालिससग पनि छलफल गरेका छन् । थापा केही दिनका लागि हाल अमेरिका भ्रमणमा छन् । 
 
अमेरिकी स्टेट डिपार्टमेन्टका  प्रवक्ताले केरी र थापा बिच सोमबार छलफल भएको र अमेरिकाले आफ्नो सहयोग निरन्तरा जारी राख्ने वताएका थिए I नेपालको महाभूकम्पको एक बर्ष पुगेको बताउदै अमेरिकाले त्यस बेला गरेको सहयोगको बारेमा जानकारी दिएका थिए I