कुमामोटो । जापानको दक्षिणी क्षेत्र कुमामोटोमा शुक्रबार ७।३ रिक्टर स्केलेका भूकम्प गएको छ । भूकम्पमा परी ११ जनाको मृत्यु भएको छ भने सयौंको संख्यामा मानिसहरु घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । जापानी सरकारका अनुसार भूकम्पले भत्किएको एक भवनमा करिब ८० जना फसेका छन् । उनीहरु जीवित रहेको संभावना कम छ ।
उद्धारकर्मीहरु भूकम्पका कारण क्षतिग्रस्त भवनमा फसेका नागरिकलाई निकाल्न जुटेका छन् । भूकम्पको केन्द्रको नजिक रहेको कुमामोटो शहरका अस्पतालमा क्षति पुगेपछि खाली गरिएको छ । उक्त क्षेत्रमा अन्य भवनहरुमा समेत क्षति पुगेको छ । यसअघि बिहीबार आएको भूकम्पमा परी नै जनाको मृत्यु भएको थियो ।
भूकम्पपछि सुनामी आउने खतरा जनाइएपनि अहिले भने खतराको सूचक हटाइएको छ । जापानमा सन् २०११ मा आएको भूकम्पका कारण फुकुसिमा परमाणुमा क्षति पुगको थियो भने सुुनामीमा परि सयौंको मृत्यु भएको थियो । जापान भूकम्प प्रभावित राष्ट्र हो ।
प्रतिक्रिया