काठमाडौं, २० फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले १३ औं महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । पार्टी कार्यलय सानेपामा नेता कार्यकर्तामाझ देउवाले आफ्नो प्यानल नै घोषणा गरेका हुन् । देउवाको प्रस्तावक केवी गुरुङ रहनुभएको छ भने खुमबहादुुर खड्काले समर्थन गर्नुभएको छ ।देउवाको टिममा महामन्त्री पदका लागि अर्जुननरसिंह केसी र कोषाध्यक्ष पदमा चित्रलेखा यादव छन् ।
यसअघि सभापतिका लागि आआफ्नो प्यानलसहित रामचन्द पौडेल र कृष्प्रसाद सिटौलाले उम्मेदवारी घोषणा गरेका थिए । सभापतिका लागि सुजाता कोइरालाले पनि उम्मेदवारी घोषणा गरेकी थिइन् । तर आज बिहान रामचन्द्र पौडेलसंग सहमति गर्दै उम्मेदवारी फिर्ता लिने घोषणा गरेक थिइन ।
प्रतिक्रिया