मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मोर्चाका कार्यकर्ताले जलाए राष्ट्रिय मानवअधिकार आयोगको गाडी

मोर्चाका कार्यकर्ताले जलाए राष्ट्रिय मानवअधिकार आयोगको गाडी


काठमाडौँ, १७ मङ्सिर । मधेसी मोर्चाका कार्यकर्ताले आज सर्लाहीको नवपुर नजिक राष्ट्रिय मानवअधिकार आयोगको गाडी तोडफोड गरी जलाउनुका साथै गाडीमा रहेका आयोगका कर्मचारीलाई दुव्र्यवहार गरेका छन् ।

सर्लाहीमा आज एकै ठाउँमा मधेसी मोर्चा र चुरेभावरको कार्यक्रम भएकाले त्यसमा हुने सम्भावित मानवअधिकार हननका घटनाबारे अनुगमन गर्न गएको टोलीमाथि मोर्चाका कार्यकर्ताले कुटपिट गर्नुका साथै उनीहरु चढेको बा ७ च ७४७६ नंको गाडीसमेत तोडफोड गरी आगो लगाएर पुर्णरुपमा क्षति पु¥याएको टोली संयोजक नितु गर्तौलाले जानकारी दिनुभयो ।

Advertisement

घरेलु हातहतियारसहित आएका मोर्चाका कार्यकर्ताले “हामी मानवअधिकार सधिकार केही पनि जान्दैनौ” भन्दै गाडी तोडफोड र आगजनी गरेको र त्यसबाट आफनो क्यामरालगायत कागजपत्र जलेर नष्ट भएको साथै टोलीमा सहभागी इन्दिरा श्रेष्ठ, भीवा ढुङ्गानालगायतलाई चोट लागेको उहाँले राससलाई बताउनुभयो । रासस

शेयर गर्नुहोस:

0
Shares