चितवन । भारतीय नाकाबन्दीको विरोधमा शनिबार चितवनमा चिकित्सक र अन्य स्वास्थ्यसम्बद्ध व्यक्ति तथा संघ-संस्थाले विरोध ¥याली निकालेका छन् ।
नाकाबन्दीको कारण स्वास्थ्य क्षेत्रमा ठूलो प्रभाव परेको भन्दै चितवनमा चिकित्सक र स्वास्थ्यकर्मीहरु विरोधमा उत्रिएका हुन् ।
भरतपुर अस्पतालबाट सुरू भएको ¥याली नारायणगढको पुल्चोकमा पुगेर समापन भएको थियो । ¥यालीमा ‘नाकाबन्दी अन्त्य गर, बाँच्न पाउने अधिकारको सम्मान गर, भारतीय हस्तक्षेप बन्द गर’लगायतको प्लेकार्ड बोकिएको थियो ।
प्रतिक्रिया