मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पाल्पामा जिप दुर्घटना, दुईको घटनास्थलमै मृत्यु

पाल्पामा जिप दुर्घटना, दुईको घटनास्थलमै मृत्यु


रामपुर (पाल्पा), ११ मङ्सिर । पाल्पाको झडेवामा यात्रुबाहक जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । तानसेनबाट आज बिहान ८ बजे गोठादीका लागि छुटेको लु १ ज १९२२ नंको जिप झडेवा–२ देउगीरमा दुर्घटना भएको हो ।

दुईजनाको घटनास्थलमै मृत्यु भएको र जिपमा सवार अन्य यात्रुको उद्धार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रविण आचार्यले जानकारी दिनुभयो । रासस