हिमालय खवरसंवाददाता I टेक्सास
आउने साता काठमाडौमा हुने गैर आवसिय नेपाली संघ अन्तराष्ट्रिय सम्वन्य परिषद (एनआरएन) को सम्मेलनमा भाग लिन अमेरिकावाट एक सय भन्दा वढी प्रतिनिधिहरु नेपाल प्रस्थान गरेका छन् । नयां संविधानले एनआरएन अभियानले शुरु देखिनै उठाउंदै आएको दोहोरो नागरिकताको मुद्दालाई स्विकारेको अवस्थामा हुन लागेको उक्त सम्मेलनमा विश्व भरवाट झण्डै १ हजार ५ सय एनआरएन सहभागी हुने अनुमान छ । सम्मेलनमा दोहोरो नागरिकता, लगानी, विदेशमा वस्ने नेपालीको भुमिका लगायतका विविध विषयमा छलफल हुने छ । यो सम्मेलनले आउने दुई वर्षका लागि नयां नेतृत्व पनि चयन गर्ने छ ।
एनआरएनमा अध्यक्षका लागि हालसम्म ३ जनाले उम्मेदवारी दिने सार्वजनिक गरेका छन् । यसवाहेक उपाध्यक्ष वाहेक अन्य पदमा पनि प्रतिस्पर्धा छ । यस पटक अध्यक्षमा शेष घलेले पुन उठ्ने सर्वाजनिक गरेका छन् । उपाध्यक्षमा एनआरएन अमेरिकाका पुर्व अध्यक्ष खगेन्द्र क्षेत्री (जीसी), हालका उपाध्यक्ष भुवन भट्ट, महासचिव कुमार पन्तले लगायतले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएन अमेरिका सवैभन्दा धेरै सदश्य हुने देश हो। यस पटकको निर्वाचनमा एनआरएन अमेरिकालाई प्रतिनिधित्व गरेर जानेले अध्यक्षमा बिगतको अनुभबका आधारमा काम गर्नेलाई सघाउने र उपाध्यक्षमा जीसीका लागि मतमाग्ने वताएका छन् ।
एनआरएन अमेरिकाले यस पटक महत्वपुर्ण पदमा दावी गर्नु स्वभाविक भएको अध्यक्ष डा केशव पौडेलले वताए । नेपाल जानु अघि पौडेलले हिमालय खवरसंग कुरा गर्दै पौडेलले भने यस पटक एनआरएन अभियानमा अमेरिकालाई महत्व दिनु पर्छ भन्ने दावीमा कसैको पनि दुई मत छैन । अध्यक्षमा भने काम गर्नेलाई नै दिनु पर्ने अमेरिकी प्रतिनिधिहरु वताउंछन् ।
टेक्सासमा सफल व्यवसायी पासागं शेर्पाले घलेले आफ्नो पहिलो कार्यकालमा राम्रो शुरुआत गरेकाले अर्को एक कार्यकाल निरन्तरता खोज्नु उपयुक्त भएको वताए । हिमालय खवरसंग कुरा गर्दै नेपाल प्रस्थान गर्नु अघि अर्का व्यवसायी तथा समाज सेवी कपिल अधिकारीले पनि काम गर्न सक्नेलाई नेतृत्व दिनु पर्नेमा दुई मत नभएको तर एनआरएन भित्र सहकार्य र सहमतीको वातावरण भने वनाउनु पर्ने वताए ।
जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सदश्य हरिवोल भण्डारीले एनआरएनमा सहमतीको वातावरण वने अझ सशक्त हुने वताए । अहिले देश निमार्णमा स्वदेश र विदेशमा वस्ने नेपालीले हातेमालो गरेर अघि वढ्नु पर्छ उनले भने यसका लागि काम गर्न सक्ने नेतृत्व केन्द्रमा चाहिन्छ । जटिल राजनीतिक अवस्थामा पनि विदेशमा वस्ने नेपालीले खेलेको भुमिका प्रशंसनीय भएको उनले वताए ।
एनआरए अमेरिकाका सल्लाहका गौरी जोशीले पनि नयां संविधानले ल्याएको अवसर र चुनौतीका वारे छलफल गर्न सम्मेलन महत्वपुर्ण थलो हुने वताए । राजनीतिक अवस्था जे जस्तो भएपनि हामी उत्साहित छौं देशको भविष्य राम्रो देखेका छौं नेपाल प्रस्थान गर्नु अघि जोशीले भने यो सम्मेलन हामीलाई नेपालमा असर र चुनौती हेर्ने वुझ्ने यो मौका पनि हो ।
टेक्सासका चारै जना व्यवसायीले अमेरिकाले विश्व तहमा वढी भुमिका पाउनु पर्नेमा एकमत छन् । काम गर्न सक्ने नेतृत्व चाहिन्छ तर, यस पटक एनआरएन अमेरिकाको आशालाई पनि निराश वनाउनु हुदैंन उनीहरुले भने । एनआरएन उपाध्यक्ष राम सि पोखरेल लगायत कयौंले अमेरिकावाट उम्मेदवारी दिनेको पक्षमा सहमती जुटाउने पहल गरिरहेका छन् ।
प्रतिक्रिया