मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आक्रमणको त्रासले सीमा क्षेत्रका प्रहरी चौंकी गाभिए

आक्रमणको त्रासले सीमा क्षेत्रका प्रहरी चौंकी गाभिए


नवलपरासी । आन्दोलनकारीले प्रहरीमाथि आक्रमण गर्ने त्रासले नवलपरासीको सीमा क्षेत्रको प्रहरी चौकीहरुलाई अन्य क्षेत्रमा स्थानान्तरण गरिएको छ ।
 
थरुहट र मधेसी मोर्चाको आन्दोलनका कारण सुरक्षालाई मध्यनजर गर्दै प्रहरी चौकीहरु मर्ज गरिएको जनाइएको छ ।
नवलपरासीमा बुधबार आन्दोलनकारीहरुले निषेधाज्ञा तोड्ने प्रयास गर्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएपछि प्रहरीले गोली चलाउँदा गोली लागेर दुई जना घाइते भएका थिए ।
 
सम्भावित घटनालाई मध्यनजर गर्दै सिमाका प्रहरी चौकीहरुलाई मर्ज गरिएको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ । बसैया, सनइ र गेर्मीलाई एक  ठाउँमा र भुजहवा, पचेडा, महेशपुर र अमानीगाउँ चौकीलाई एक ठाउँमा मर्ज गरिएको प्रहरी स्रोतले जनाएको छ ।
 
उता बुधबार राति सनई प्रहरी चौकीलाई स्थानान्तरण गरिएपछि आन्दोलनकारीले चौकीमा रहेको प्रहरीको लत्ताकपडालगायत खाद्यान्न सामग्री जलाइदिएका छन् ।
 
यसैबीच राष्ट्रिय मधेस समाजवादी पार्टी नवलपरासीले बिहीबार बेलाटारी क्षेत्रमा अखण्ड नवलपरासीको माग राख्दै वेलाटारी क्षेत्रमा साइकल ¥याली निकालेका थिए ।