बग्दाद । इस्लामिक स्टेट (आईएस) आतङ्ककारी समूहद्वारा दाबी गरिएको एक आत्मघाती आक्रमणमा परी दुई इराकी जर्नेलको मृत्यु भएको समाचार छ । इराकको अन्बार प्रान्तमा सो घटना भएको जनाइएको छ ।
सन् २०१४ मा इराकको ठूलो क्षेत्र आईएस लडाकू समूहले अतिक्रमण गरेका थिए । त्यसैगरी रमादीको प्रान्तीय राजधानी अन्बार भने यसै वर्षको सुरुमा कब्जा गरेको थियो ।
आइएस लडाकू समूहले छिमेकी राष्ट्र सिरियाको ठूलो भाग पनि आईएसले नियन्त्रणमा लिएको छ । सिरियामा रक्तपातपूर्ण गृहयुद्ध बढ्दै गएको अवस्था रहेको छ ।
सैनिक प्रवक्ता जर्नेल यहया रसोलले रमादीको उत्तरी भागमा रहेको अल जरैसीमा आत्मघाती आक्रमणकारी सो विस्फोट गराएको पुष्टि गरेका छन् ।
सो आक्रमणमा परी मेजर जर्नेल अब्दुलरहमान अबु राघिफ र जर्नेल सफिल अब्दुलमाजीद मारिएका रसौलले बताएका छन् ।
आईएस आतङ्ककारी समूहले एक अनलाइनमार्फत विज्ञप्ति प्रकाशित गरी यस आक्रमणका दावी गरेका बताइएको छ । एएफपी
प्रतिक्रिया