मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भैरहवा नगर क्षेत्र निषेधित, सभा-सम्मेलन गर्न रोक

भैरहवा नगर क्षेत्र निषेधित, सभा-सम्मेलन गर्न रोक


भैरहवा । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले सदरमुकाम भैरहवा नगरक्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकपछि निषेधित क्षेत्र घोषणा भएको हो ।
 
भदौ ५ देखि ९ गतेसम्म भैरहवामा निषेधित क्षेत्र जारी गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले बताए । साथै पाँच दिनसम्म कुनैपनि संस्था समुह एवं राजनैतिक दलहरुले जुलुश निकाल्न तथा सभा सम्मेलन गर्न पनि रोक लगाइएको छ ।
 
कर्फ्यू लगाइएको होइन, स्थितिलाई मध्यनजर गर्दै ५ दिनका लागि नगरक्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेका छौं९‘प्रमुख जिल्ला अधिकारी ढकालले  भने ।
 
नगर क्षेत्र केन्द्रित पूर्वमा बसन्तपुर गाविस वाईपास सडक, पश्चिममा गौतम बुद्ध बिमानस्थलको मायादेवी पार्क, उत्तरमा पडसरी र दक्षिणमा बेलहीया, भारत सिमानाको चौकीला निषेधित क्षेत्र तोकिएको छ ।
 
सीमांकनको विरोधमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र बन्दको विरोध गर्ने स्थानीय प्रतिकार समूहविच भैरहवामा तनाव बढेको थियो ।
 
अब निषेधित क्षेत्रमा पाचँ जना भन्दा वढी सडक वा सार्वजनिक स्थल, पार्कमा जम्मा हुन र हिँडडुल गर्न प्रतिबन्ध लगाएको छ । सामाजिक सदभाव भड्कन नदिन र थप मानवीय एवं भौतिक क्षति हुन हुन नदिन निषेधित क्षेत्र तोकिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।
 
प्रशासनले निषेधित क्षेत्र घोषणा गरेपछि उद्योग वाणिज्य संघले शनिबार निकाल्न थालिएको सद्भाव र्‍याली पनि स्थगित भएको छ ।