मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

म्यानमारको उत्तरी क्षेत्रमा सङ्कटकाल लम्बियो

म्यानमारको उत्तरी क्षेत्रमा सङ्कटकाल लम्बियो


याङ्गोन, २ भदौ । म्यानमारको उत्तरी क्षेत्रमा विगतदेखि जारी रहेको सङ्कटकालीन अवस्था थप लम्ब्याइएको समाचार छ । प्राप्त समाचारअनुसार सो क्षेत्रमा विगतदेखि नै दङ्गा जारी रहेको छ । जातीय दङ्गाग्रस्त सो क्षेत्रमा विगत लामो समयदेखि सङ्कटकालको घोषणा गरिएको थियो । 
 
सो क्षेत्रको जातीय दङ्गाको समाधानका लागि विगतदेखि नै सरकारले प्रयास गरेको भए पनि शान्ति स्थापना सम्भव हुन सकेको छैन । आगामी नोभेम्बरमा म्यानमारमा आमनिर्वाचन हुन लागेको छ । सो निर्वाचनलाई लक्ष्यगरी सरकारले शान्ति सुरक्षा बजबुद बनाइरहेको छ । 
 
सोही निर्वाचनलाई लक्ष्य गरेर उक्त दङ्गाग्रस्त क्षेत्रमा सेनाको नियन्त्रण कायमै राखिएको समाचारमा जनाइएको छ । सो कोक्याङ् क्षेत्र चीनसँगको सीमानामा पर्दछ । उक्त क्षेत्रमा समय समयमा विद्रोही र सेनाबीच झडपहरु पनि हुने गरेका छन् । रासस/एएफपी