चितवन । नेदरल्याण्डस्का शिक्षक तथा विद्यार्थीले चितवनको पहाडी क्षेत्रमा भूकम्पबाट प्रभावित विद्यालयलाई निर्माण सामग्री सहयोग गरेका छन् ।
नेदरल्याण्डस्को इन होल्याण्ड होस् स्कुलका शिक्षक तथा विद्यार्थीहरुले संकलन गरेको रकमले सो सहयोग गरिएको हो ।
निर्माण सामग्री पाउने विद्यालयहरुमा दारेचोकको राप्रावि चैवुङ ,पन्थ राप्रावि डुडे र निमावि फिस्लिङ रहेका छन् । राप्रावि चैवुङलाई साढे नौ बन्डल जस्तापाता, राप्रावि डुडेलाई साढे तीन बन्डल जस्तापाता र निमावि फिस्लिङलाई २ दशमलब ६० केजी तारको जाली उपलब्ध गराइएको नेपालमा यसको संयोजन गरिरहेका शरदपुर उच्च माविका प्राचार्य महेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।
नेदरल्याण्डस्मा कार्यरत भरतपुरकी बन्दना अधिकारीको नेतृत्वमा आयोजित सामग्री वितरण कार्यक्रममा चितवनका जिल्ला शिक्षा अधिकारी दामोदर आचार्य प्रमुख अतिथि रहेका थिए । ‘भूकम्पपीडितका लागि राहत रकम संकलन गरेर विद्यालयको पुननिर्माण गर्न सहयोग पुगोस् भनेर सहयोग गरेका हौ’, अधिकारीले भनिन् ।
प्रतिक्रिया