मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नवलपुरलाई पनि थारुहटमा राख्न थारुकल्याणकारीको माग

नवलपुरलाई पनि थारुहटमा राख्न थारुकल्याणकारीको माग


नवलपरासी । थारू कल्याणकारिणी सभा नवलपरासीले नवलपुर खण्डलाई तराई जिल्लासँग राख्न माग गरेको छ । 
 
६ प्रदेशको पछिल्लो खाकामा नवलपरासीको नवलपुर खण्ड पोखरासँग जोडिने गरी प्रदेश संख्या ४ मा राखिएको प्रति आपत्ति जनाउँदै उनीहरुले नवलपुर खण्ड तराईको भूमिपुत्र थारुको थाकथलो भएको भन्दै यसलाई तराईको अन्य जिल्लासँग नै एकै प्रदेशमा राख्न माग गरेका हुन् ।
 
थारु कल्याणकारिणी सभाको भातृ संगठन थारु पत्रकार संघ नवलपरासीले आइतबार डण्डामा आयोजना गरेको पत्रकार सम्मेलनमा थारू कल्याणकारिणी सभाका केन्दीय सदस्य इनरप्रसाद महतो, जिल्ला अध्यक्ष गणेशमान महतो, खड्गबहादुर थनेतलगायतले नवलपुर क्षेत्रलाई थारूहट प्रदेशभित्र राख्न माग गरेका हुन् ।
 
शीर्ष नेताको पुत्ला जलाए
मधेस र मधेश दलको मागलाई सम्वोदन नगरी हचुवाको भरमा संघीयता ल्याएको भन्दै तराई मधेश लोकतान्त्रिक नवलपरासीका कार्यकर्ताहरुले आइतबार चार ठूला दलका शीर्ष नेताहरुको पुतला दहन गरेका छन् ।
नवलपरासीको प्रतापपुर गाविस भवन अगाडि बेलाटारी चोकमा उनीहरुले चार शिर्ष नेताका पुतला दहन गरेका हुन् ।
 
आन्दोलनको चेतावनी
प्रतिगामी संविधान बनाउन खोजेको भन्दै असन्तुष्ट दलहरुले नवलपरासीमा आन्दोलनको चेतावनी दिएका छन् ।
अन्तरिम संविधानभन्दा पनि प्रतिगामी किसिमको संविधानको मस्यौदा आएको भन्दै ३३ दलीय मोर्चा र मधेसी मोर्चामा आवद्ध दलहरुले आइतवार आन्दोलनको चेतावनी दिएका हुन् ।
 
असन्तुष्ट दलहरुले सदरमुकाम परासीमा आयोजना गरेको अन्तक्र्रियामा १२ दलीय मोर्चामा आवद्ध दलहरुले कांग्रेस एमाले एमाओवादी र फोरम लोकतान्त्रिकले प्रतिगामी संविधान जारी गर्न खोजेको बताउँदै त्यसको प्रतिवाद गर्ने चेतावनी दिएका हुन् ।