मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कास्की पहिरोमा मृत्यु हुनेको संख्या ३४ पुग्यो

कास्की पहिरोमा मृत्यु हुनेको संख्या ३४ पुग्यो


पोखरा । भारी वर्षापछि आएको पहिरोमा पुरिएर मृत्यु भएकाहरूको शुक्रबार सामूहिक अन्त्येष्टि गरिएको छ ।
 
बिहीबार आएको पहिरोमा पुरिएर लुम्ले, भदौरे तामागी र ढिकुरपोखरीमा २९ जनाको मृत्यु भएको थियो । शुक्रबार थप पाँचजनाको शव भेटिएको छ । योसँगै मृत्यु हुनेको संख्या ३४ पुगेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारीअनुसार लुम्लेमा २७, भदौरे तामागीमा पाँच र ढिकुरपोखरीमा दुईजनाको मृत्यु भएको छ ।
 
भदौरे तामागीमा चार र लुम्लेमा तीन गरी सातजना बेपत्ता भएका छन् । १४ जना घाइेतको पोखरामा उपचार भइरहेको छ भने पाँचजना उपचारपछि शुक्रबार घर फर्किएका छन् । 
 
मृतक सबैको शुक्रबार दाहसंस्कार गरिएको छ । लुम्लेमा पुरिएकामध्ये पाँच वर्षीय कविता शेर्पाको अवस्था अझै अज्ञात छ भने पाहुनाका रूपमा आएका अन्य दुईजनाको अवस्था अज्ञात रहेको स्थानीय श्रीराम देवकोटाले जानकारी दिए ।
 
पहिरोमा परेर भदौरे तामागीमा बेपत्ता चारजनाको शुक्रबार दिनभर खोजी गरिए पनि फेला पार्न नसकिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए । भदौरे तामागीका पाँच वर्षीय विश्व पराजुली, सात वर्षीय समीर पराजुली, १० वर्षीय मनबहादुर सुनार र १० महिनाका बालक किस्मत सुनारको अवस्था अझै अज्ञात छ । 
 
बेपत्ता भएकाहरूको खोजीका लागि तीनवटै सुरक्षा निकायबाट डेढ सयको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी राउतले जानकारीदिए ।